5 years ago
March 9, 2020
एजेन्सी – पहिलो टि ट्वान्टी खेलमा जिम्बावेमाथि घरेलु टोली बंगलादेशले सहज जित हात पारेको छ । सोमबार साँझ ढाकामा सम्पन्न खेलमा ४८ रनले हराउँदै बंगलादेशले दुई टि ट्वान्टीमा सिरिजमा १–० को अग्रता लिएको छ ।
जितमा लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको जिम्बावे १९ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । जिम्बावेका ओपनर तिनशे कामुनुखुमवे २० बलमा ४ चौका र १ छक्का सहित २८ रनको योगदान दिए । तल्लोक्रमका कार्ल मुम्बाले १६ बलमा ३ चौका र १ छक्का सहित २५, डोनाल्ड तिरिपोनो, रिचमन्ड मुटुम्बमी र कप्तान सेन विलियम्सले २०–२० रनको योगदान दिए । सिकन्दर राजाले १० रन जोडे ।
बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । स्पिनर अमिनुल इस्लाम ३ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अफिफ हुसैन, मोहम्मद सैफुद्दीन र शैफुल इस्लाम १–१ विकेट लिए ।
त्यसअघि शेर बंगला नेशनल स्टेडियम मिरपुर ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । सौम्य सरकार ३२ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा नट आउट रहे । त्यस्तै लिटन दास ३९ बलमा ५ चौका र ३ छक्का सहित ५९ रनमा एलबिडब्लू आउट भए ।
ओपनर तमीम इकबाल ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा आउट हुँदा कप्तान महमुदुल्लाह १४ रनमा अविजित रहे । पहिलो विकेटका लागि तमीम इकबाल र लिटन दासले १०.२ ओभरमा ९२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जिम्बावेका सिकन्दर राजा, क्रिस मपुफु र वेस्ली माधेवीले १–१ विकेट लिए । दोस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]