default_image

5 years ago

March 9, 2020

दिलशान चम्कँदा श्रीलंका लेजेन्ड्स विजयी

96 views

0 Bookmark

एजेन्सी – कप्तान तिलकरत्ने दिलशानको अलराउन्ड प्रर्दशनमा भारतमा जारी लेजेन्ड्स वर्ल्ड सिरिजमा श्रीलंका लेजेन्ड्सले विजयी सुरुवात गरेको छ ।

आइतबार राती श्रीलंका लेजेन्ड्सले अष्ट्रलिया लेजेन्ड्सलाई ७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रलिया लेजेन्ड्स १९.५ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । अष्ट्रलिया लेजेन्ड्सका नाथन रियरडनले ५३ बलमा ९ चौका र ५ छक्का सहित ९६ रनको उत्कृष्ट इनिङ खेलेपनि अन्य खेलाडीको साथ नपाउँदा झिनो अन्तरको हार बेहोर्नु पर्यो ।

कप्तान ब्राड हडिनले १० र जेभियर डोहर्टीले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंका तिलकरत्ने दिलशानले ३.५ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । फरवेज माहरुफ र स्पिनर रंगना हेराथले २-२ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । दिलशान १८, रोमेश कालुविथाराना ३०, चमारा कापुगेदरा २८, अजन्ता मेन्डिस १७ र माहरुफले २० रनको योगदान दिए । जेभियर डोहर्टी, जेसन क्रेजा र ब्राड होजले २-२ विकेट लिए ।

चैत्र ९ सम्म भारतको मुम्बईमा चल्ने सिरिजमा भारत, वेस्टइन्डिज, अष्ट्रलिया, श्रीलंका र दक्षिण अफ्रिका लेजेन्ड्सको टोली छ । लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.