5 years ago
March 9, 2020
एजेन्सी – बंगलादेश क्रिकेट बोर्डले सर्वाधिक सफल ओपनर ब्याट्सम्यान तमीम इकबाललाई एकदिवसिय टोलीको कप्तानमा नियुक्त गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै तमीम बंगलादेशको एकदिवसिय कप्तान रहेको जनाएको छ ।
मशरफे मोर्तजाले कप्तानी छाडेसँगै तमीम बंगलादेशका नयाँ ओडीआई कप्तान बनेका हुन् । मोर्तजा एक दिवसियमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् । सन् २०१० देखि एकदिवसिय कप्तानी गरेका मोर्तजाले ८८ खेलमा ५० मा जित र ३६ मा पराजित हुनु परेको थियो । उनले जिम्बावेसँगको तीन ओडीआई सिरिजसँगै कप्तानी छाडेका थिए ।
तमीम एकदिवसिय र टि ट्वान्टी आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् भने टेष्टमा दोस्रो स्थानमा छन् । तमीमले टि ट्वान्टीमा १६ सय ६० रन बनाएका छन् । जसमा १ शतक र ७ अर्ध शतक सामेल छ । एक दिवसियमा तमीमले २ सय ७ खेलमा १३ शतक र ४७ अर्ध शतक सहित ७ हजार २ सय २ रन बनाउँदै शीर्ष स्थानमा छन् ।
टेष्टमा भने तमीम भन्दा विकेटकिपर मुश्फिकुर रहीम अघि छन् । ७० टेष्ट खेलमा रहीमले ४ हजार ४ सय १३ रन बनाएका छन् । तमीमले ६० टेष्टमा ४ हजार ४ सय ५ रन बनाएका छन् । अब बंगलादेशले चैत्र १९ मा पाकिस्तानसँगको एक मात्र एकदिवसिय खेल खेल्दै छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]