default_image

5 years ago

March 8, 2020

पुबुदुले भने, ‘यो रंगशालाले नेपाली क्रिकेटलाई माथि लैजानेछ’

105 views

0 Bookmark

विनोदबाबु रिजाल ,भरतपुर

 पुवुदु दसानायकले नेपाली क्रिकेटको सफल नेतृत्व गरे । ‘इन्टरनेसनल एक्सपोजर’ धेरै नपाएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय माहोलमा राम्रै छाप छोडिदिए । अहिले उनी नेपाली क्रिकेटको नेतृत्वमा छैनन् । तर, यहाँको माया भने मारेका छैनन् । केही न केही बहानामा उनी नेपाल आइरहन्छन् ।

पछिल्लोपटक उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल)को बहानामा नेपाल आए । दुर्भाग्यवश कोरोना भाइरसको सन्त्रासको सिकार भई ईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ । उनी अब क्यानडा फर्किंदै छन् । आइतबार आफूले प्रशिक्षण गर्ने भैरहवा ग्लाडियटर्स टिमबाट विदा भएर काठमाडौं फर्किंदै गर्दा उनी चितवनमा रोकिए । यहाँको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गरे ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण भइरहेको देख्दा निकै खुसी लागेको बताए । उनले सन् २०११ मा नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हालेदेखि नै यस किसिमको रंगशाला लागि पहल गरेको स्मरण गर्दै ढिलै भए पनि निर्माण सुरु भएको देख्दा खुसी लागेको बताए । “खेल विकासका लागि रंगशाला नभई हुँदैन”, उनले भने, “यो रंगशालाले नेपाली क्रिकेटलाई माथि पु¥याउन ठूलो भूमिका निर्वाह गर्छ ।”

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो स्थान बनाए पनि रंगशालाको अभाव निकै खड्किएको भन्दै उनले अघि भने, “एशोसिएट राष्ट्रहरुमा नेपाल निकै राम्रो टिम हो । नेपालमा केही कमी छ त यस किसिमको रंगशालाको जुन अब पूरा हुँदैछ ।” रंगशाला निर्माण भएपछि नेपाली राष्ट्रिय खेलाडी तथा चितवनका स्थानीय खेलाडीहरुले धेरै लाभ लिन सक्ने उनले बताए ।

यस्तै दसानायकेले नेपाल सधैं आफ्नो मनमा रहिरहने पनि बताए । उनले २०१६ मा नेपाली क्रिकेट टिम छोडेर गए पनि नेपालको माया भने सधैं रहिरहने पनि बताए । दसानायके सन् २०११ देखि २०१६ सम्म प्रशिक्षक रहँदा नेपालले डिभिजन ४, ३ र, २ को उपाधि नै जितेको थियो । उनकै प्रशिक्षणमा नेपाले सन् २०१४ को टी–२० विश्वकप क्रिकेट पनि खेल्ने खेलेको थियो ।

रंगशालामा खेल्ने सपना छः शरद

पुवुदुसँगै आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावकरले संन्यासअघि हाल निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल्ने ठूलो सपना रहेको बताएका छन् । “हाम्रो सपनै थियो आफ्नै रंगशालामा खेल्ने”, उनले भने, “यहाँभित्र आउँदा त्यो सपना चाँडै पूरा हुन्छ जस्तो लागेको छ । मेरो पनि सपना छ यहाँ खेल्ने । आशा गर्छु त्यो सपना चाँडै पूरा हुन्छ ।”

यस्तै उनले खेलाडीहरुको तर्फबाट रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । रंगशाला निर्माण सम्पन्न गर्नका लागि आर्थिक स्रोत नै मुख्य विषय भएको भन्दै उनले त्यसका लागि योजना बनाएर अघि बढ्ने बताए । “यहाँ आर्थिक स्रोतको एकदमै आवश्यक छ”, उनले भने, “त्यसका लागि हामी खेलाडीहरुले आफ्नो तर्फबाट र विभिन्न देशमा रहेका नेपालीहरुसँग सहयोग अपिल गरेर स्रोत जुटाउन सक्छौं ।”

उनले खेलाडीहरुले श्रमदान गरेर पनि सहयोग गर्न सक्ने बताए । सहयोगका लागि उत्साहित रहेको बताए पनि खेलाडीले तत्कालै आफैंले आर्थिक सहयोग जुटाउन नसक्ने यथार्थ पनि उनले सुनाए । “खेलाडीले दुई वर्षदेखि तलब पाएका छैनन्”, उनले भने, “यो अवस्थामा हामी आफैं सहयोग गर्न त सक्दैनौं । तर, अपील भने गर्न सक्छौं ।”

श्रमदान गर्न चाहन्छुः प्रदीप

राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य प्रदीप ऐरीले निर्माणाधीन रंगशालामा श्रमदान गर्ने चाहना व्यक्त गरेका छन् । निर्माणाधीन रंगशालाको अवलोकन गर्दै उनले आफूले मैदान र पीच निर्माणको लागि क्युरेटर प्रशिक्षण लिएकोले त्यसलाई रंगशाला निर्माणका लागि उपयोग गर्न चाहेको बताए । “मैले क्युरेटर कोचिङ लिएको छु, क्रिकेटबाहेकको खाली समयमा म यहाँ आएर श्रमदान गर्न चाहन्छु”, उनले भने, “म निकै उत्साहित छु ।”

करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.