5 years ago
March 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुने मिति नजिकिँदै जाँदा दिल्ली क्यापिटल्स फ्रेन्चाइजको भने समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।
इंग्ल्यान्डका तीब्र गतिका बलिङ अलराउन्डर क्रिस वोक्सले १३ औं संस्करणबाट नाम फिर्ता लिएसँगै दिल्ली क्यापिटल्स समस्यामा पर्ने भएको छ । घरेलु मैदानमा हुने पाकिस्तान र वेस्ट इन्डिजसँगको टेष्ट सिरिजलाई मध्यनजर गर्दै वोक्सले आफ्नो नाम फिर्ता लिएका छन् ।
लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले गत पुषमा भएको अक्सनमा वोक्सलाई एक करोड पचास लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । वोक्सले नाम फिर्ता लिएसँगै दिल्लीको तीब्र गतिको बलिङ युनिट कमजोर बन्ने अनुमान गरिएको छ । दक्षिण अफ्रिका तीब्र गतिका बलर कागिसो रबाडाले आईपीएल खेल्ने सम्भावना कम छ । भारतीय तीब्र गतिका बलर इशान्त शर्मा पनि घाइते छन् ।
ईशान्त खुट्टामा चोटका कारण न्युजिल्यान्डसँगको दोस्रो टेष्ट गुमाएका थिए । निरन्तर चोटसँग जुधि रहेका रबाडाले अष्ट्रेलियासँगको तीन ओडीआई सिरिज गुमाउनु परेको थियो । यसै सिजनमा दिल्लीले न्युजिल्यान्डका तीब्र गतिका बलर ट्रेन्ट बोल्टलाई मुम्बई इन्डियन्सलाई बेचेको थियो । वोक्स, शर्मा र रबाडालाई छाड्दा दिल्लीमा नियमीत अन्तर्राष्ट्रिय खेल खेलेका प्रमुख तीब्र गतिका बलर छैनन् ।
तीब्र गतिका बलरमा मोहित शर्मा र आवेश खान छन् । दुबैको प्रर्दशन राम्रो छैन । आवेश खान र मोहित शर्माले गर्त वर्ष १–१ खेल मात्र खेलेका थिए । मोहितले १ विकेट लिदा खान विकेट बिहीन बनेका थिए ।
अलराउन्डरको रुपमा किमो पल र मार्कस स्टोइनिस छन् । त्यसैले रबाडा र शर्मा फिट नभएको खण्डमा पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको दिल्लीलाई ठुलो धक्का लाग्ने निश्चित छ । वोक्स भएको खण्डमा केहि राहत पुग्न सक्थ्यो ।
वोक्सले इंग्ल्यान्डबाट ८ टि ट्वान्टी आई खेलमा ७ विकेट लिनुको साथै ३७ रन बनाएका छन् । वोक्स तीब्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । इंग्लयान्डलाई पहिलो पटक एक दिवसिय विश्वकप उपाधि दिलाउन वोक्सले महत्वपूर्ण प्रर्दशन गरेका थिए । वोक्स इंग्ल्यान्डको एक दिवसिय र टेष्टमा नियमित स्थान बनाएपनि टि२० मा २०१५ नोभेम्बरमा पाकिस्ताानको खेल यता छैनन् ।
इंग्लयान्डले आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत घरेलु मैदानमा जुनमा वेस्ट इन्डिज र जुलाई अगष्टमा पाकिस्तानसँग तीन तीन टेष्ट सिरिज खेल्दै छ । आईपीएल खेल्दा चोटिल हुने सम्भावना हुँदा आफुलाई स्वस्थ्व राख्नको लागि नखेल्ने निर्णय लिएको वोक्सले जनाएका छन् ।
दिल्लीले आईपीएलमा पहिलो खेल चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्ने छ । उद्घाटन चैत १६ मा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियममा हुने छ । यस पटक आईपीएल ५० दिन सम्म चल्ने छ । फाइनल जेठ ११ मा हुने छ ।
दिल्लीको पूर्ण टोली :
शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त(विकेटकिपर) , इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, एलेक्स करी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस
दिल्लीको खेलतालिका :
चैत्र १७ : दिल्लीविरुद्ध पञ्जाब (दिल्ली)
चैत २१ : कोलकताविरुद्ध दिल्ली (कोलकता)
चैत २३ : राजिस्थान रोयल्सविरुद्ध दिल्ली (गुवाहाटी)
चैत २८ : दिल्ली विरुद्ध बेंगलोर (दिल्ली)
वैशाख १ : दिल्ली विरुद्ध चेन्नई (दिल्ली)
वैशाख ७ : दिल्लीविरुद्ध कोलकता (दिल्ली)
वैशाख १० : बेंगलोरविरुद्ध दिल्ली ( बेंगलोर)
वैशाख १४ : हैंदराबादविरुद्ध दिल्ली (हैंदराबाद)
वैशाख १९ : मुम्बईविरुद्ध दिल्ली (मुम्बई)
वैशाख २१ : दिल्लीविरुद्ध हैंदराबाद ( दिल्ली)
वैशाख २४ : दिल्ली विरुद्ध मुम्बई (दिल्ली)
वैशाख २८ : चेन्नई विरुद्ध दिल्ली (चेन्नई)
वैशाख ३१ : दिल्ली विरुद्ध राजिस्थान (दिल्ली)
जेठ ३ : पञ्जावविरुद्ध दिल्ली (मोहाली)
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]