default_image

5 years ago

March 8, 2020

भारतीय क्रिकेट टोलीमा हार्दिकको पुनरागमन

116 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याले भारतीय क्रिकेट टोलीमा ६ महिनापछि पुनरागमन गरेका छन् । यसै हप्ता देखी दक्षिण अफ्रिकासँग हुने तीन ओडीआई सिरिजको लागि हार्दिकसँगै तीब्र गतिका बलर भुवनेश्वर कुमार, ओपनर शिखर धवन र युवा ब्याट्सम्यान शुभमन गिलले पुनरागमन गरेका हुन् ।

धवन गत जनवरीमा अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा घाइते भएका थिए । हार्दिक पान्ड्याले गत सेप्टेम्बरमा दक्षिण अफ्रिकासँग तेस्रो टि२० खेलमा घाइते हुँदा ६ महिना टोली बाहिर रहे । भुवनेश्वर कुमार गत डिसेम्बरमा वेस्ट इन्डिजसँगको तेस्रो टि ट्वान्टी खेलमा घाइते भएका थिए ।

हार्दिकले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशनका साथ पुनरागमन गरेका हुन् । हार्दिकले डिवाई पटिल टि ट्वान्टीमा क्रमशः ४५, १ सय ५, ३८ र १ सय ५८ रनको अविजित इनिङ खेलेका थिए । न्युजिल्यान्डसँगको पाँचौ टि ट्वान्टी खेलमा घाइते भएका ओपनर रोहित शर्मा भने टोलीमा छैनन् । उनी अझै पूर्णरुपमा फिट भएका छैनन् ।

न्युजिल्यान्डसँगको तीन ओडीआई सिरिजमा रहेका केदार जाधव, शिवम दुबे, शार्दुल ठाकुर, मोहम्मद शामी र मयंक अग्रवाल बाहिर रहेका छन् । न्युजिल्यान्डसँगको तीन ओडीआई सिरिज क्लिनस्वीप बेहोरेको भारत दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ ।

दक्षिण अफ्रिका र भारतबीचको पहिलो खेल फागुन २९ मा धर्मशाला, चैत्र २ मा लखनउ र चैत्र ५ गते कोलकतामा हुने छ । दक्षिण अफ्रिकाले क्विन्टन डि ककको कप्तानीमा युवा खेलाडीलाई समेट्दै भारतविरुद्ध हुने तीन ओडीआई सिरिजको लागि यस अघिनै टोली घोषणा गरि सकेको छ ।

दक्षिण अफ्रिकाविरुद्ध भारतीय टोली

शिखर धवन, पृथ्वी शा, विराट कोहली (कप्तान), केएल राहुल, मनिष पान्डे, श्रेयस ऐर, ऋषभ पन्त, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, जस्प्रित बुमराह, नवदीप सैनी, कुलदीप यादव र सुभमन गिल ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.