5 years ago
March 8, 2020
एजेन्सी – ओपनर एलिसा हेली र बेथ मोनीको उत्कृष्ट अर्ध शतकमा अष्ट्रेलियाले आईसीसी टि२० महिला विश्वकपको फाइनलमा भारतलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।
मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका अष्ट्रेलिया महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाए । ओपनर तथा विकेटकिपर एलिसा हेलीले ३९ बलमा ७ चौका र ५ छक्का सहित आक्रामक ७५ रन जोड्दै अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाइन् ।
एलिसालाई १२ औं ओभरको चौथो बलमा स्पिनर राधा यादवले कृष्णमूर्तीबाट क्याच आउट गराएकी थिइन् । पहिलो विकेटका लागि एसिला र बेथले ११.४ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । बेथ ५४ बलमा १० चौका सहित ७८ रनमा अविजित रहँदै विशाल योगफलमा पुर्याइन् ।
कप्तान मेग लनिङ १६ रनमा आउट भइन् । भारतका दिप्ती शर्माले २, पुनम यादव र राधा यादवले १-१ विकेट लिए । भारत पहिलो पटक र अष्ट्रेलिया पाँचौ पटक च्याम्पियन बन्ने धुनमा छन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]