default_image

5 years ago

March 8, 2020

विश्व चर्चित स्पिनर मुश्ताक नेपाल आउँदै

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्वखेलाडी तथा विश्वकप विजेता प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन् । वाई वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले उनलाई नेपाल ल्याउन लागेको हो ।

मुश्ताक वैशाख २ देखि ९ गते (१४ अप्रिल देखी २१) सम्म नेपाल आउन लागेको जिएचसिएले जनाएको छ । ४३ वर्षिय मुश्ताकले ४९ टेष्ट, १ सय ६९ ओडीआई, १ सय ९४ प्रथम श्रेणी, ३ सय २३ लिष्ट ए खेलेका छन् । उनले सन् १९९५ मा श्रीलंकाविरुद्ध टेष्ट र ओडीआईमा डेब्यू गरेका थिए ।

टेष्टमा मुश्ताकले २ सय ८ विकेट लिएका छन् भने ९ सय २७ रन बनाएका छन् । जसमा १ शतक र २ अर्धशतक सामेल छ । टेष्टमा इकोनमी रेट २.६४ रहँदा उत्कृष्ट प्रर्दशन ८-१ सय ६४ छ । त्यस्तै ओडीआईमा २ सय ८८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५-२० छ । प्रथम श्रेणीमा ८ सय ३३ विकेट लिएका छन् । उनी ओडीमाईमा १ सय देखी २ सय ५० विकेट सर्वाधिक छिटो पुरा गर्ने बलर समेत हुन् ।

विश्वका सफल स्पिनरमा परिचित उनी गत जुलाईमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप जित्दा बलिङ प्रशिक्षक थिए । उनले प्रशिक्षकको रुपमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अष्ट्रलिया, पाकिस्तान र बंगलादेशको टोली पनि सम्हालेका छन् ।

‘विश्वकप विजेता तथा सफल स्पिनर मुश्ताकको प्रशिक्षणबाट नेपाली खेलाडीलाई उनको अनुभव सिक्न, बुझ्न पाउनुको साथै क्रिकेट विकाशमा टेवा पुग्नेछ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको सम्भावना पनि बलियो हुने छ’, जिएचसिएका अध्यक्ष सुदीप शर्माले भने ।

त्यसैमा उनले थपे, ‘अन्तर्राष्ट्रिय खेलाडीलाई एउटा निशुल्क सेसन गराउँछौं । एकेडेमी र बाहिरका अन्य खेलाडीलाई भने शुल्क लाग्ने छ । यसबारे पछि जानकारी दिनछौं ।’

सन् २०१३ देखि संचालनमा आएको जिएचसिएले शान्तिनगर र हात्तीवनमा एकडेमीबाट प्रशिक्षण दिँदै आएको छ। जिएचसिएले अघिल्लो महिनादेखि ललितपुरस्थित हात्तीवनमा आधुनिक आवसिय सेवा सुविधा सहितको एकेडेमी सञ्चालनमा ल्याएको छ ।

सन् २०१३ देखी सञ्चालनमा आएको यस वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट हालसम्म नेपाली सिनियर टोलीका युवा ओपनर ईशान पाण्डे, यू१९ टोलीका स्पिनर सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट, विवेककुमार यादव, यू १६ का प्रशान्त सिंह, विशाल पटेल, दिपक बोहरा जस्ता खेलाडी उत्पादन गरि सकेको छ । जिएचसिएले बंगलादेश, भारत, यूएई जस्ता देशमा वैदेशीक अनुभवका लागि खेलाडीलाई भ्रमण समेत गराउने गर्दै आएको छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.