5 years ago
March 7, 2020
एजेन्सी – ओपनर तथा कप्तान विरेन्द्र सहवागको उत्कृष्ट ब्याटिङमा मुम्बईमा शनिबारदेखि सुरु भएको लेजेन्ड्स वर्ल्ड सिरिजमा भारत लेजेन्ड्सले विजयी सुरुवात गरेको छ ।
शनिबार वेस्टइन्डिज लिजेन्ड्सलाई ७ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारत लेजेन्ड्सको सहज जितमा ओपनर विरेन्द्र सहवाग ५७ बलमा ११ चौका सहित ७४ रनमा अविजित रहे । त्यस्तै विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याट्सम्यान तथा भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर २९ बलमा ७ चौका सहित ३६ रनमा आउट भए ।
पहिलो विकेटका लागि विरेन्द्र सहवाग र सचिन तेन्दुलकरले १०.२ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । युवराज सिंह ७ बलमा १ छक्का सहित १० रनमा अविजित रहे । मोहम्मद कैफ १४ रनमा आउट भए । कार्ल हुपरले २ विकेट लिए ।
त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज लिजेन्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । वेस्ट इन्डिजका शिवनारायण चन्द्रपलले ४१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । डारेन गंगा ३२, कप्तान ब्रायन लारा १७, टिनो बेस्ट ११ र डन्जा हयातले १२ रन जोडे ।
भारतका जाहिर खान, मुनाफ पटेल र प्रज्ञान ओझाले २–२ विकेट लिए । यस सिरिजमा भारत, वेस्टइन्डिज, अष्ट्रलिया, श्रीलंका र दक्षिण अफ्रिका लेजेन्ड्स खेलाडीको टोली छ । जसमा लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]