default_image

5 years ago

March 7, 2020

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा बिर्सनलायक प्रर्दशन गर्दै नेपाल फर्किएको छ ।

उपाधि जित्ने लक्ष्यका साथ थाईल्यान्ड पुगेको नेपाल खराब प्रर्दशन गर्दै चौथौ स्थानमा रहेर शनिबार दिउँसो नेपाल आई पुगेको हो । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ ३ अंक जोड्दै चौथो स्थानमा रहेर नेपाल फर्किएको हो ।

नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो भने थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । सिंगापुरसँग भने वर्षाको कारण टस पनि हुन नपाई खेल रद्द भएको थियो । सिंगापुर शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाए ।

एसिया कप छनोटमा सिंगापुर, हङकङको साथै वेस्टर्न रिजनका विजेता यूएई र कुवेतबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि ट्वान्टी प्रतियोगिता खेल्न पाउने छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.