5 years ago
March 7, 2020
एजेन्सी – ओपनर तमीम इकबाल र लिटन दासको कीर्तिमानी दोहोरो शतकीय साझेदारीमा बंगलादेशले तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
योसँगै तीन ओडीआई खेलको सिरिज बंगलादेशले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली जिम्बावे ३७.३ ओभरमा २ सय १८ रनमा समेटियो । जिम्बावेका सिकन्दर राजाले ५० बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । रेगिस चकब्वा ४३, ब्रेन्डन टेलर १४, कप्तान सेन विलियम्स ३० र वेस्ली मधेभरेले ४२ रन जोडे ।
बंगलादेशका मोहम्मद सैफुद्दीनले ६.३ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै अन्तिम ओडीआई कप्तानी गरेका मर्शफे मोर्तजाले १ विकेट लिए । ताइजुल इस्लाम २, अफिफ सुसैन र मुस्ताफिजुर रहमानको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ४३ ओभरमा ३ विकेट गुमाउँदै ३ सय २२ रन बनाएको थियो । ओपनर तमीम इकबाल १ सय ९ बलमा ७ चौका र ६ छक्का सहित १ सय २८ रनमा अविजित रहे । तमीमको यो ओडीआई करिअरको १३ औं शतक हो ।
विकेटकिपर लिटन दास १ सय ४३ बलमा १६ चौका र ८ छक्का सहित १ सय ७६ रनमा क्याच आउट भए । कार्ल मुम्वाले ४१ औं ओभरको पहिलो बलमा उनलाई राजाबाट क्याच आउट गराएपछि दोहोरो शतक बनाउन चुकेका थिए । दासको यो ओडीआई करिअरको तेस्रो शतक हो ।
योसँगै लिटन दास बंगलादेशबाट एकै इनिङमा ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । दासले यसअघि जिम्बावेसँग दोस्रो खेलमा तमीमले बनाएको १ सय ५८ रनको कीर्तिमान तोडेका हुन् । पहिलो विकेटका लागि दास र तमीमले ४०.५ ओभरमा २ सय ९२ रनको कीर्तिमान साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल तयार पारेको थियो । जुन बंगलादेशबाट ओडीआईमा भएको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो ।
ओडीआई इतिहासमा भने यो तेस्रो ठूलो ओपनिङ साझेदारी पर्दछ । बंगलादेश पहिलो खेलमा १ सय ६९ र दोस्रो ४ विकेटले विजयी भएको थियो । लिटन दास प्लेयर अफ द म्याच चुनिए । त्यस्तै प्लेयर अफ द सिरिज तमीम र लिटनले संयुक्त रुपमा पाए ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]