default_image

5 years ago

March 7, 2020

श्रीलंकामाथि वेस्टइन्डिजको क्लिनस्वीप, रसेल सर्वोत्कृष्ट

128 views

0 Bookmark

एजेन्सी – आन्द्रे रसेलको आक्रामक ब्याटिङमा श्रीलंकासँगको दुई टि२० सिरिज पाहुना टोली वेस्ट इन्डिजले क्लिनस्वीप गरेको छ । शुक्रबार राती दोस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले क्लिनस्वीप गरेको हो ।

जितका लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १७ ओभरमै सहजै पुरा गर्यो । आन्द्रे रसेल १४ बलमा ६ छक्का सहित ४० रनमा अविजित रहे । शिम्रोन हेटमायर ४२ बलमा ३ चौका सहित ४३ रनमा अविजित रहे । सिमन्स लेन्डन ९, बेन्डन किङ २१ बलमा ६ चौका र २ छक्का सहित ४३, रोवमन पोवेल १७ रनमा आउट भए । श्रीलंका एन्जिलो म्याथ्यु, लाहिरु कुमारा र दसुन शनकाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो । श्रीलंका दसुन शनका २४ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा अविजित रहे । तिसारा परेरा १३ बलमा १ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । कुशल परेरा १५, शेहान जयसुर्य १६, कुशल मेन्डिस ११ र एन्जिलो म्याथ्यु २३ रनमा आउट भए । फबिएन एलनले २, शेल्डन कट्रेल, ओशेन थोमस र ड्वेन ब्राभोले १–१ विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो । आन्द्रे रसेल प्लेयर अफ द म्याच र सिरिज चुनिए ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.