default_image

5 years ago

March 6, 2020

काठमाडौं जिल्ला छनोट: ओसिस र हिमालय क्रिकेट एकेडेमी विजयी

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानीमा जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार ओसिस क्रिकेट एकेडेमी र हिमालय क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ओसिस क्रिकेट एकेडेमीले यङ्गल क्रिकेट क्लबलाई २१ रनले पराजित गर्यो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओसिस २५ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनाएको थियो । युवा ब्याट्सम्यान सचिन शर्माले ६८ बलमा ९ चौका सहित ७५, सुदीप बस्नेत १८, आइश भट्टाई २६, सुमित श्रेष्ठ ११ र आयुष बानियाले १० रनको योगदान दिए । प्रमेश बिक्रम डिसीले ४ र राम प्रधानले २ विकेट लिए ।

१ सय ५८ रनको विजयी लक्ष्य पक्ष्याएको यङ्गल क्लब २२.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । उसका लक्ष्मण प्रधान १८, पंकज कोइराला ३८, दिपेश दास ४० र विजय बरकोटीले १६ रनको योगदान दिए । ओसिसका सन्देश कार्कीले ४ ओभरमा २ मेडन राखेर ६ रन खर्चेर ६ विकेट लिए ।

त्यस्तै आजको दोस्रो खेलमा हिमालय क्रिकेट एकेडेमीले फेभर क्रिकेट क्लबलाई डकवर्थ लेविस पद्धतीको आधारमा ४४ रनले पराजित गर्यो । हिमालयले टस जितेर पहिला ब्याटिङ गर्दै १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । उसका प्रदीप कुमार विकेट ५४ बलमा ११ चौका सहित ५७ रनमा अविजित रहे । भुपेन्द्र थापा ११ र राजत तिमिल्सिना ४६ र प्रतिस जिसीले १२ रनको योगदान दिए ।

डकवर्थ लेविस पद्धतीको आधारमा फेभर क्लबले १८ ओभरमा जितको लागि १ सय ५५ रनको लक्ष्य पाएको थियो । तर फेभरले ८ विकेट गुमाउँदै १ सय १० रन मात्रै बनाउन सक्यो । उसका आकश चन्द १४, कदीर अन्सारी १२, निरज भट्राई १८ रनमा आउट भए । हिमालयका शरद खड्काले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै प्रदीप कुमार २ र भुपेन्द्र थापाले १ विकेट लिए ।

काठमाडौं जिल्ला छनोटमा क्लब र एकेडेमी गरि १२ टोली रहेकाछन् । जसलाई ४ समुहमा विभाजन गरिएको छ । समुह चरणको खेलपछि समुह विजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले चैत्रमा आयोजना गर्ने एक दिवसिय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश ३ को छनोटको लागि काठमाडौंले यस प्रतियोगिताको प्रर्दशनको आधारमा आफ्नो टोली बनाउने छ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.