5 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालको खराब प्रर्दशनबारे गम्भीर समिक्षा गर्ने भएको छ ।
उपाधिको प्रमुख दाबेदार रहनुका साथै वरियतामा र स्तरमा अन्य टोली भन्दा उच्च स्थानमा रहेपनि नेपाल खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर बाहिरिएपछि क्यानले गम्भीर समिक्षा गर्ने जनाएको छ । नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । सिंगापुरसँगको खेल भने वर्षाको कारण मैदान भिजेको हुँदा टस नहुँदै रद्द हुन पुग्यो ।
उपाधिको दाबेदार मानिएको नेपाल पाँच राष्ट्र सहभागि प्रतियोगितामा चौथो स्थानमा रहेर बाहिरिएपछि सामाजिक सञ्जालमा समर्थकले खेलाडीको चर्को आलोचना गरिरहेका छन् । क्यानले पनि यस विषयलाई गम्भीर रुपमा लिएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले बताए । ‘हामीले जित्छौं होला भनेको प्रतियोगितामा धेरै नराम्रो खेल्यौं, यो प्रर्दशनबारे क्यान गम्भिर छ । यस्तो किन भयो, कहाँ चुक्यौं लगायत सबै कुरामा टोली फर्किएर आएपछि खेलाडी, कप्तान, व्यवस्थापन, प्रशिक्षकदेखि सबैलाई राखेर कुरा गर्नेछौं,’ सचिव प्याकुरेलले भने ।
‘नेपालले यतिसम्म खराब प्रर्दशन गर्ला भनेर सोचेका थिएनौं । यो अप्रत्याशित नतिजा हो । यस्तो प्रर्दशन गर्नु राम्रो होइन । मलेसिया जस्तो कमजोर टोलीसँग पनि हामीले सहजै हार्यौं । यसमा हामीले गम्भिर समिक्षा गर्नेछौं,’ उनले थपे ।
प्याकुरेलले टोलीमा विदेशी प्रशिक्षक भित्र्याउनेबारे प्रयास गरिरहेको बताए । ‘आज भोली नै कुनै निर्णय भएको छैन । हाम्रो तर्फबाट विदेशी प्रशिक्षक खोज्ने क्रम जारी छ । आईसीसी र एसीसीसँग पनि कुरा गरेका छौं । यसपटक हामीले टोलीसँग एक दुई वर्ष बिताउन सक्ने स्तरिय प्रशिक्षक ल्याउनेछौं । ओडीआई सम्हाल्न सक्ने प्रशिक्षक ल्याउने छौं । धेरै माथिल्लो स्तरको कोच ल्याउन हामीले आफ्नो स्तर पनि हेर्नुपर्छ । हामीले दिन सक्ने सेवा सुविधामा राम्रो प्रशिक्षक ल्याउछौं’, प्याकुरेलले भने ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]