5 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ ।
नेपाली समय अनुसार ८ः १५ बाट खेल सुरु हुनु पर्ने भएपनि मैदान भिजेका कारण अझैसम्म टस भएको छैन । अव नेपाली समय अनुसार ९:१५ मा एम्पारहरुले निरिक्षण गरेपछि निर्णय आउने एसीसीले जनाएको छ ।
नेपाल सिंगापुरसँग खेल्नु अघि नै एसिया कप यात्राबाट बाहिरिएको छ । यता सिंगापुर भने तीनै खेल जित्दै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटको लागि स्थान पक्का गरेको छ । सिंगापुर आज नेपाललाई हराउँदै उपाधि जित्ने रणनितीका साथ मैदान प्रवेश गर्ने छ ।
प्रतियोगिताबाट बाहिरिएको नेपाल सुखद अन्य गर्ने सोचमा छ । नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । यता सिंगापुरले मलेसियालाई १ सय २८ रन , थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]