5 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा आफ्नो अन्तिम खेलमा आज सिंगापुरसँग खेल्दै छ । खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल सिंगापुरसँग खेल्नु अघि नै एसिया कप यात्राबाट बाहिरिएको छ । यता सिंगापुर भने तीनै खेल जित्दै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटको लागि स्थान पक्का गरेको छ । सिंगापुर आज नेपाललाई हराउँदै उपाधि जित्ने रणनितीका साथ मैदान प्रवेश गर्ने छ । प्रतियोगिताबाट बाहिरिएको नेपाल सुखद अन्य गर्ने सोचमा छ ।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । यता सिंगापुरले मलेसियालाई १ सय २८ रन , थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो ।
थाईल्यान्डलाई हराउन युवा ब्याट्सम्यान कुशल मल्ल ३६ रनमा अविजित रहेका थिए । जुन नेपालको लागि ओपनिङको सकरात्मक पक्ष्य हो । पारस खड्का भने लगातार दोहोरो अंकमा रन बनाउन सकि रहेका छैनन् । सेप्टेम्बरमा त्रिकोणात्कम सिरिजमा पारसले सिंगापुरुविरुद्ध १ सय ५२ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै विश्व कीर्तिमान कायम गरेका थिए । आज पारसबाट त्यस्तै प्रर्दशनको आशा गरिएको छ । पारस हङकङसँग ४, मलेसिया र थाईल्यान्डसँग ९-९ रनमा आउट भएका थिए ।
त्यस्तै सुुरुवाती दुई खेलमा खराब प्रर्दशन गरेका दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीलाई पनि राम्रो ब्याटिङ गर्नै पर्ने दबाब छ । थाईल्यान्डसँगको प्रर्दशन हेर्दा नेपालले आज टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा युवा तीब्र गतिका बलर किशोर महतो र ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिन सक्छ ।
यता सिंगापुर नेपालसँग झिनो अन्तरले पराजित भएपनि नेट रन रेटको आधारमा च्याम्पियन बन्ने सम्भावना छ । त्यस्तै अर्को खेलमा हङकङ र मलेसिया भिड्दै छन् । जसको विजेता दोस्रो स्थानमा रहँदै एसिया कप छनोटमा पुग्ने छ ।
टिम डेविड, सिद्धान्त, अनन्त कृष्ण, जनकप्रकाश, सुरेन्द्रन चन्द्रमोहन र मनप्रित सिंह सिंगापुरका प्रमुख खेलाडी हुन् । टिम डेविडले मलेसियासँग ३२ बलमा ९ चौका र ७ छक्का सहित ९२ रनको विश्फोटक इनिङ खेल्दा हङकङसँग ५८ रन जोडेका थिए । टिम डेविडले नेपालविरुद्ध २ टि ट्वान्टी खेल खेल्दा दुबैमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले एसिया विश्पकप टि ट्वान्टी छनोटमा ७७ रन र त्रिकोणात्मक सिरिजमा ६४ रनको अविजित इनिङ खेलेका थिए ।
बिग ब्यास लिग पर्थ स्कोचर्सबाट खेल्ने टिम डेविड नेपाललाई सर्वाधिक घातक बन्न सक्ने खेलाडी हुन् । लेग स्पिनर अनन्त कृष्णले जारी इस्टर्न रिजनमा ३ खेलमा ८ विकेट लिएका छन् । ओपनर सिद्धान्तले ३ खेलमा १ सय ५३ रन जोड्दै शीर्ष स्थानमा छन् । नेपाल गत जुलाईमा सिंगापुरसँग आईसीसी एसिया रिजन छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै सेप्टेम्बरमा भने नेपालले सिंगापुरलाई त्रिकोणात्मक सिरिजमा ९ विकेटले हराएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]