5 years ago
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट असोज २७ गते अकस्मात राजिनामा घोषणा गर्दा धेरै आश्चर्यमा परे । एक दशकदेखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका पारसले आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाएको तीन वर्षदेखिको प्रतिबन्ध फुकुवा भएको २४ घण्टा नबित्दै पद छाडेका थिए । जुन समय पारसको व्यक्तिगत प्रर्दशन पनि उत्कृष्ट थियो ।
तर कप्तानी छोडेसँगै पारसको प्रर्दशन खस्कँदै गएको छ । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा खराब प्रर्दशनको कारण नेपाल अगष्टमा मलेसियामा हुने एसिया कप छनोटको लागि छनोट हुन सकेन । नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हरायो । तीनै खेलमा पारसले दोहोरो अंकमा रन छुन सकेनन् । कप्तानी छाडेसँगै प्रमुख ब्याट्सम्यान तथा ओपनरको रुपमा टोलीमा रहेका पारसको प्रर्दशन कमजोर रहँदै आएको छ ।
पारसले कप्तानी छोड्नुअघि असोज ११ मा जिम्बावे र सिंगापुरसँगको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंगापुरुविरुद्ध १ सय ५२ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा पारस ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै विश्व कीर्तिमान कायम गरेका थिए । पारस लक्ष्य पक्ष्याउने क्रममा टि ट्वान्टी आईमा शतक प्रहार गर्ने पहिलो कप्तान हुन् ।
पारस ओडीआई र टि ट्वान्टी आई दुवैमा शतक प्रहार गने एक्लो नेपाली खेलाडी र कप्तान हुन् । असोज १८ देखि २३ सम्म ओमानमा भएको पाँच राष्ट्र सहभागि टि ट्वान्टी सिरिजमा नेपालको नेतृत्व पारसले नै गरेका थिए । त्यो सिरिज नै कप्तानको रुपमा उनको अन्तिम सिरिज हुन पुग्यो ।
पारसले कप्तानी छोडेपछि नेपालले मंसिरमा बंगलादेशमा एसीसी इमर्जिङ टिम्स एसिया कप, पुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग), माघमा आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग घरेलु मैदानमा एकदिवसिय सिरिज हुँदै एसीसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलिरहेको छ । त्यस्तै यसबीचमा नेपालले मेलबर्न क्रिकेट क्लब (एमसीसी) सँग कात्तिकमा घरेलु मैदानमा एक दिवसिय, टि ट्वान्टी र प्रथम श्रेणी खेल समेत खेलेको थियो ।
पारसले एमसीसीविरुद्ध एकदिवसिय टोलीमा मात्रै रहेपनि अन्य खेल अस्वस्थताको कारण खेलेनन् । उनले त्यसपछि टि टेन क्रिकेट प्रतियोगितामा टिम आबुधावीमा अनुबन्ध भएपछि इमर्जिङ टिम्स एसिया कपबाट आफ्नो नाम फिर्ता लिएका थिए । अन्य सबै प्रतियोगिता पारस ज्ञानेन्द्रको कप्तानीमा खेलेका छन् । तर प्रर्दशन खराब छ ।
पारसले कप्तानी छोडेपछिको प्रर्दशन
पारसले कप्तानी छोडेपछि ८ टि ट्वान्टी र ४ ओडीआई खेलेका छन् । १२ खेलमा पारसले जम्मा १ सय ६८ रन बनाएका छन् । जसमा १ मात्रै अर्धशतक सामेल छ । १२ मध्य पारसले ७ खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् । १३ औं सागमा पारसले कमजोर भुटानविरुद्ध ५७ रन जोडेका थिए । सागमा बंगलादेशको यू२३ सँग ९ र श्रीलंकासँग १ रनमा आउट भए । माल्दिभ्ससँग समुह चरणमा ३ र कास्य पदकको लागि भएको प्रतिस्पर्धामा ९ रनमा पेभिलिएन फर्के ।
विश्वकप लिग २ एकदिवसिय मा ओमानसँग पहिलो खेलमा ३ र दोस्रो खेलमा ३८ रनमा आउट भए । अमेरिकासँग पारस पहिलो खेलमा १९ रनमा आउट हुँदा दोस्रो खेलमा २० रनमा अविजित रहे । पारस २० रनमा अविजित रहँदा नेपालले ३६ रनको सामान्य लक्ष्य पक्ष्याएको थियो । थाईल्यान्डमा जारी इस्टर्न रिजनमा पारस मलेसियासँग ९, हङकङसँग ४ र थाईल्यान्डसँग ९ रनमा आउट हुन पुगे । पारसको खराब प्रर्दशनमा नेपालको ब्याटिङमा नै प्रत्यक्ष असर परेको छ ।
प्रमुख ब्याट्सम्यानलेनै अधिकांश खेलमा दोहोरो अंकमा रन जोड्न नसक्नु सामान्य कुरा होइन् । अझ कमजोर मानिने ब्याटिङ र लामो समयदेखि पारसमाथि निर्भर रहेको नेपाली टोली उनले नै खराब प्रर्दशन गर्दा कमजोर टोलीसँग पनि पराजित हुन पुगेको छ । जारि सिरिजमा पनि नेपाल मलेसिया र हङकङसँग पनि पराजित हुन पुग्यो । धेरैले पारसलाई कप्तानी छोडेसँगै आफ्नो प्रर्दशनमा जिम्मेवारी नदिएको आरोप लगाएका छन् ।
पारसले इस्टर्न रिजनमा राम्रो प्रर्दशन गर्न सकेको भए सायद नतिजा फरक आउन सक्ने धेरैको आँकलन छ । कप्तान छाड्नु र खराब लयबाट गुज्रनु एकसाथ भएकाले उनी थप दवावमा देखिन्छन् । अब इपिएल पनि कोरोनाका कारण स्थगित भएपछि पारसले केहि समय खेलबाट टाढा रहेर विश्राम लिन सक्छन् । यसले उनलाई केहि समय दिनेछ । पारसबाट समर्थकमात्र होइन स्वंय उनी र टोली पनि ठूलो इनिङको पर्खाइमा छ । नेपाली टोलीले सुखद नतिजा ल्याउन उनीबाट ठूलो इनिङको आवश्यकता पनि देखिन्छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]