5 years ago
March 5, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी आईसीसी महिला टि२० विश्वकपको फाइनलमा भारत र अष्ट्रेलिया पुगेका छन् ।
बुधबार पहिलो सेमिफाइनलमा वर्षाको कारण भारत र इंग्ल्यान्डबीचको खेल टस पनि नभई रद्ध हुन भयो । खेल रद्ध हुँदा भारत समुह ए को विजेताको कारण भारत फाइनलमा प्रवेश गर्दा समुह बी को उप विजेता इंग्लयान्ड बाहिरिन पुग्यो । भारत पहिलो पटक महिला टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली तथा चार पटकको च्याम्पियन अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धती अनुसार ५ रनले पराजित गर्दै छैटौं पटक फाइनलमा स्थान बनाए । सिड्नीमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । अष्ट्रेलियाकी कप्तान मेग लानिङले ४९ बलमा ४ चौका र १ छक्का सहित ४९ रनमा अविजित रहिन् । बेथ मुनी २८, एलेसा हेली १८ र राचेल हेन्स १७ रन जोडीन् । दक्षिण अफ्रिकाकी दी क्लर्कले ३ विकेट लिइन् ।
वर्षाको कारण दोस्रो इनिङमा केहि समय वर्षाको कारण खेल रोकिदा दक्षिण अफ्रिकाले डकवर्थ लेविस पद्धतीको आधारमा १३ ओभरमा ९८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिका महिला टोलीले १३ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सके ।
फाइनल आइतबार मेलबर्न क्रिकेट मैदानमा हुने छ । यता पहिलो पहिलो सेमिफाइनलमा खेलनै सुरु नभई भारत फाइनलमा प्रवेश गरेपछि वैकल्पिक दिन नराखेको भन्दै आईसीसीको आलोचना भई रहेको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]