default_image

5 years ago

March 5, 2020

रसेल र थोमस चम्कँदा वेस्ट इन्डिज विजयी

119 views

0 Bookmark

एजेन्सी – तीब्र गतिका बलर ओशान थोमसको उत्कृष्ट बलिङमा श्रीलंकासँगको पहिलो टि ट्वान्टी खेलमा पाहुना टोली वेस्ट इन्डिज २५ रनले विजयी भएको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पक्ष्याएको श्रीलंका १९.१ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । श्रीलंका विकेटकिपर कुशल परेराले ३८ बलमा ६ चौका र ३ छक्का सहित ६६ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । वानिन्दु हसरंगाले ४४, तिसारा परेरा ११, एन्जिलो म्याथुज १० र अविष्का फर्नान्डो ७ रनमा आउट भए ।

अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिजका ओशान थोमसले ३ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शेल्डन कट्टेल १, आन्द्रे रसेल र ड्वेन ब्राभोले १-१ विकेट लिए । रोवमन पोवेलको नाममा २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन जोडेको थियो । उसका ओपनर लेन्डल सिमन्स ५१ बलमा ७ चौका र २ छक्का सहित ६७ रनमा अविजित रहे । बेन्डन किङ ३३ र निकोलस पुरन १४ रनमा आउट भए ।

टि ट्वान्टी ५ सय खेल खेल्ने पहिलो खेलाडी बनेका कप्तान काइरान पोलार्डले १५ बलमा ३ चौका र २ छक्का सहित ३४ रन जोडे । आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ४ छक्का र २ चौका सहित ३५ रनमा आउट भए ।

श्रीलंका कप्तान लासिथा मलिङ्गा, इसुरु उडना, लक्सान सन्दनका र वानिन्दु हसरंगाले १–१ विकेट लिए । दुई टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.