9 years ago
July 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोली त्यहाँ पुगेको थियो । साउन ४ मा एमसिसीलाई हराउनुअघि नेपाली टोलीले चार खेलमा स्थानिय टोलीलाई पराजित गरेको थियो ।
भ्रणमलाई नेपालको विश्व क्रिकेट लिग (डब्लुसियल) च्याम्पियनसिपको तयारीका रुपमा समेत हेरिएको थियो । यसै महिनाको अन्त्यमा नेपालले डब्लुसियल च्याम्प्यिनसिपमा नेदरल्यान्ड्सको सामना गर्दैैछ । नेपालले २९ र ३१ गते नेदरल्यान्ड्सकै मैदानमा दुई खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।
नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सिइओबाट राजीनामा दिएपनि घिमिरेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]