5 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल एक खेल अगावै एसिया कप छनोट यात्राबाट बाहिरिएको हो ।
सिंगापुरले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पक्ष्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाउन सक्यो । सिंगापुर लगातार तीन जितसँगै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाएको छ ।
पाँच टोली सहभागि इस्टर्न रिजनमा शीर्ष दुई टोली एसिया कपको लागि छनोट हुने छन् । अव मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् । मलेसिया र हङकङको समान ४-४ अंक छ ।
दुबैले समान ३ खेलमा २ मा जित र १ मा हार बेहोरेका छन् । मलेसिया र हङकङ मध्य विजेता टोली ६ अंकका साथ एसिया कप छनोटमा स्थान बनाउने छ । यो अवस्थामा तीन खेलमा २ मा हार र १ मा जित निकालेको नेपाल सिंगापुरसँग अन्तिम खेल खेल्नु अगावै बाहिरिएको हो ।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । बुधबार नेपालले थाईल्यान्डलाई ९ विकेटले पराजित भएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]