5 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा थाईल्यान्डलाई ९ विकेटले पराजित गर्दा नेपालले कीर्तिमान पनि कायम गरेको छ ।
थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३६ र पवन सरार्फ २७ रनमा अविजित रहे । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । सुरुवाती दुई हारको कारण एसिया कप छनोटमा पुग्ने नेपालको अव अंक गणितीय सम्भावना मात्रै बाँकी छ । नेपाल हङकङको नतिजामा निर्भर रहने छ ।
नेपालले थाईल्यान्डलाई पराजित गर्दा यी चार कीर्तिमान पनि बनाएको छ । सन्दीपको सर्वाधिक डट बल थाईल्यान्डलाई सस्तैमा रोक्न लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । जसक्रममा सन्दीपले २२ बल डट राखे । सन्दीप नेपालबाट एकै टि ट्वान्टी खेलमा २२ बल डट राख्ने पहिलो नेपाली बलर हुन् ।
टि ट्वान्टी आई इतिहासकै छैटौं चाडो जित नेपालले थाईल्यान्डलाई ८७ बल अगाडीनै पराजित गर्यो । जुन टि ट्वान्टी आइमा बलको रुपमा छैटौं चाडो जित पर्दछ । टि ट्वान्टी इतिहासमै सर्वाधिक छिटो जित अष्ट्रियाले टर्कीलाई ३३ रनको लक्ष्य पक्ष्याउने क्रममा २.४ ओभरमा (१ सय ४ बल बाँकी) कुनै विकेट नगुमाई पुरा गरेको थियो ।
नेपालको यस अघि सर्वाधिक छिटो जित २५ बल अगाडीनै रहँदै आएको थियो । जुन कीर्तिमान नेपालले गत जुलाईमा आईसीसी एसिया रिजन छनोटमा कुवेतविरुद्ध कायम गरेको थियो ।
टी ट्वान्टीमा विपक्ष्यलाई रोकेको कम योगफल थाईल्यान्डलाई नेपालले ६६ रनमा अल आउट गर्यो । जुन नेपालले टि ट्वान्टी आईमा विपक्ष्यलाई रोकेको र पाएको सर्वाधिक कम योगफलमा पर्दछ । यस अघि नेपालले टि ट्वान्टी आईमा सन् २०१४ को विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो ।
टि ट्वान्टीमा पवनको उच्च स्ट्राइकरेट नेपालको सहज जितमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पवन सरार्फ १० बलमा ३ छक्का र २ चौका सहित २७ रनमा अविजित रहे । जसक्रममा पवनको स्ट्राइक रेट २ सय ७० रन रह्यो । जुन टि ट्वान्टीमा नेपालको तर्फबाट एकै खेलमा उच्च स्ट्राइक रेट पर्दछ ।
यस अघि सन्दीप जोराले गत वर्ष युएईविरुद्ध तेस्रो टि ट्वान्टी खेलमा २५४.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । त्यो नै टि ट्वान्टीमा उच्च रहँदै आएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]