default_image

5 years ago

March 4, 2020

थाईल्यान्ड ६६ रनमै अलआउट

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा आयोजक थाईल्यान्डले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्ड २० ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो । यो नेपालले टि ट्वान्टी आईमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफल हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो । नेपालको कसिलो बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । यद्यपि नेपालले १७ रन अतिरिक्त खर्चियो ।

नेपलालाई पहिलो सफलता तीब्र गतिका बलर करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नवीद पठानलाई अभिनाश बोहराबाट ८ रनमा क्याच आउट गराए । पारस खड्काको तेस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले डानियल जेकब्सलाई शुन्यमा रन आउट गराए । करणले वन्चना उइसुकलाई आठौं ओभरको अन्तिम बलमा २ रनमा बोल्ड आउट गरे । करणले दशौं ओभरको दोस्रो बलमा रेर्बोट रैनालाई २ रनमा बोल्ड आउट गरे ।

त्यस्तै भुवन कार्कीले हेन्नो जोर्डनलाई १३ औं ओभरको चौथो बलमा १३ रनमा बोल्ड आउट गर्दै आफ्नो डेब्यु टि ट्वान्टी पहिलो विकेट लिए । सन्दीपले १४ औं ओभरको पाँचौ बलमा जियाउल हकलाई ५ रनमा एलबिडब्लू आउट गरे । इस्माईल सरदारलाई २ रनमा बोल्ड आउट गरे ।

सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । टि ट्वान्टी आईमा डेब्यू गरेका भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.