default_image

5 years ago

March 4, 2020

नेपालको सानदार सुरुवात

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाईल्यान्डविरुद्ध सानदार सुरुवात गरेको छ ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्डले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै १५ रन बनाएको छ । नेपलालाई पहिलो सफलता तीब्र गतिका बलर करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नवीद पठानलाई अभिनाश बोहराबाट ८ रनमा क्याच आउट गराए । पारस खड्काको तेस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले डानियल जेकब्सलाई शुन्यमा रन आउट गराए ।

सन्दीपले पहिलो र चौथो ओभर दुवै मेडन राख्दै दबाब कायम राखे । त्यस्तै सन्दीपले छैटौं ओभरको अन्तिम बलमा एक वाइड फाल्दा मेडन राख्दै दुर्लभ सफलता हासिल गर्नबाट । सन्दीपको एक ओभर बाँकी छ ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा आज एक परिवर्तन गर्दै सुशन भारीको स्थानमा भुवन कार्कीलाई टोलीमा ल्याएको छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, भुवन कार्की र पवन सरार्फ ।

बेन्च : सुशन भारी, किशोर महतो र सन्दीप जोरा ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.