5 years ago
March 4, 2020
काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर भुवन कार्कीले टि ट्वान्टी आईमा डेब्यू गर्दै छन् । थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा भुवनले थाईल्यान्डविरुद्ध टि ट्वान्टी आईमा डेब्यू गर्न लागेका हुन् ।
बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । जसमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले बुझाएको प्लेइनिङ ११ मा एक परिवर्तन गर्दै स्पिनर भुवन कार्कीले स्थान बनाएका छन् ।
भुवनले स्पिनर सुशन भारीको स्थान लिएका हुन् । स्पिनर सुशन भारीले मलेसियाविरुद्ध ३ ओभर बलिङ गर्दै २६ रन खर्चिदा विकेट लिन नसक्दा हङकङविरुद्ध ४ ओभरमा ३७ रन खर्चिदै २ विकेट लिएका थिए । भुवनले २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा हङकङपछि त्यस यता पटक पहिलो अन्तर्राष्टिय खेल खेल्न लागेका हुन् ।
भुवनले सन् २०१२ मै कुवेतविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यसै वर्ष अष्ट्रेलियामा भएको यू१९ विश्वकपमा उनले ६ खेलमा ९ विकेट लिएका थिए । लगातार दुई वर्ष उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरेका भुवन सन् २०१४ मा भएको नेपाल प्रिमियर लिगमा पन्चकन्या तेजबाट १५ विकेट लिँदै म्यान अफ द सिरिज नै चुनिए । सन् २०१४ मा डिभिजन थ्रीमा राष्ट्रिय टोलीबाट दुई खेल खेल्दै ७ विकेट लिए । नेपाललाई डिभिजन थ्रीको उपाधि दिलाउन फाइनलमा युगान्डाविरुद्ध भुवनले ४ विकेट लिएका थिए ।
सन् २०१५ जनवरी २४ मा डिभिजन टु अन्तर्गत तेस्रो स्थानको लागि केन्यासँग भएको खेलमा उनले लिष्ट ए डेब्यू गरे । केन्यासँगको डेब्यू खेलमा भुवनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर १ विकेट लिए । २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा भुवनले बंगलादेश यू२३ र हङकङ विरुद्ध खलेका थिए ।
पछिल्लो समय फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेपछि भुवन टि२० टोलीमा पर्दै तीन वर्षपछि पुनरागमन गर्न सफल भए । गत फागुनमा सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिगको उपाधि दिलाउन भुवनले ७ खेलमा १४ विकेट लिँदै सर्वोत्कृष्ट बलर समेत चुनिए । दोस्रो संस्करणमा पोखरा प्रिमियर लिगमा चितवन राईनोज च्याम्पियन बन्दा भुवनले ६ खेलमा १० विकेट लिँदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए ।
घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलमा आबद्ध भुवन स्पिन बलिङमात्रै होइन तल्लोक्रममा आक्रामक ब्याटिङका लागि समेत परिचित छन् । भुवन नेपालबाट टि ट्वान्टी आई क्याप लगाउने ३१ औं खेलाडी हुन् ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, भुवन कार्की र पवन सरार्फ ।
बेन्च : सुशन भारी, किशोर महतो र सन्दीप जोरा ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]