5 years ago
March 3, 2020
एजेन्सी – जिम्वाबेसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली बंगलादेशले ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि जिम्बावेलाई अन्तिम ओभरमा २० रन चाहिएको अवस्थामा १ विकेट गुमाउँदै १५ रन बनाउन सक्यो । बंगलादेशले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पक्ष्याएको जिम्बावेले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १८ रन बनाउन सक्यो ।
जिम्बावेका डोनाल्ड तिरिपानोले तल्लोक्रममा २८ बलमा २ चौका र ५ छक्का सहित ५५ रन जोड्दै खेललाई रोमाञ्चक बनाए । अलराउन्डर सिकन्दर राजाले ५७ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । ओपनर तिनाशे कमुनहुखमेले ५१, बे्रन्डन टेलर ११, सेन विलियम्स १४, विस्ले मधेवी ५२ रनमा आउट भए ।
बंगलादेशका ताइजुल इस्लामले ३, मोशरफे मोर्तजा, शाईफुल इस्लाम, मेहदी हसन र अल अमिन हुसैनले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २२ रन बनाएको थियो । ओपनर तमीम इकबालले १ सय ३६ बलमा २० चौका र ३ छक्का सहित १ सय ५८ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
तमीमको ओडीआई करिअरको यो उच्च तथा १२ औं शतक हो । विकेटकिपर मुश्फिकुर रहीमले ५५, महमुदुल्लाह ४१ र मोहम्मद मिथुन ३२ रनको योगदान दिए । जिम्बावेका कार्ल मुम्बा र डोनाल्ड तिरिपोनोले २–२ विकेट लिए । बंगलादेश पहिलो खेलमा १ सय ६९ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]