5 years ago
March 3, 2020
एजेन्सी – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियतामा तीन स्थान तल खस्किएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १२ औं स्थानबाट १५ औं स्थानमा पुगेको छ ।
थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि २० प्रतियोगितामा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएसँगै नेपाललाई वरियतामा ठूलो धक्का लागेको हो । नेपालको २६ खेलमा ४ हजार ८ सय २ प्वाइन्ट र १ सय ८५ रेटिङ सहित १५ औं स्थानमा पुगेको हो । १२ औं स्थानमा स्कटल्यान्ड, १३ औं स्थानमा आयरल्यान्ड र १४ औं स्थानमा युूएई छ ।
वरीयताको १६ औं मा नेदरल्यान्ड, १७ मा पप्पुवा न्युगिनी र १८ मा ओमान छन् । शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अष्ट्रेलिया र तेस्रो स्थानमा इंग्लयान्ड छ । भारत चौथो, दक्षिण अफ्रिका पाँचौ र न्युजिल्यान्ड छैटौं स्थानमा छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]