5 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा शनिबार मलेसियासँग २२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा आईतबार हङकङसँग ४३ रनले पराजित हुँदै एसिया कप छनोटको पहिलो चरणबाटै बाहिरिने संघारमा छ ।
टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । जवाफी १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल १८.१ ओभरमा १ सय ११ रनमा अल आउट हुन पुग्यो । लगातार दोस्रो हारसँगै प्रतियोगिता अघि उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको नेपाल इस्टर्न रिजनबाटै बाहिरने संघारमा पुगेको छ ।
नेपालको अव एसिया कप छनोटमा पुग्ने झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ । नेपालले थाईल्यान्ड र सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेर मात्रै पुग्दैन अन्य टोलीको नतिजा पनि आफु अनुकुल नाटकीय रुपमा आउनुपर्छ । अन्यथा उपाधि जित्दै एसिया छनोटमा पुग्ने सपना सपनामै सिमित हुने छ । नेपालले हङकङसँग हार्नुको प्रमुख तीन कारण यस प्रकार छन् ।
३. सुरुवाती कमजोर बलिङ
टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालको सुरुवाती बलिङ राम्रो हुन सकेन । हङकङका ओपनर शाहिद वासिफ र निजाकत खानले ७.५ ओभरमा ५८ रनको साझेदारी राम्रो बलियो योगफलको आधार तय गरे । पावर प्लेमा विकेट नगुम्दा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई सहज बन्यो । सुरुवाती पावर प्लेमै विकेट लिन सकेको भए हङकङमाथि दबाब बढ्थ्यो । जसले थप विकेटको सम्भावना रहन्थ्यो र नेपाल खेलमा हाबी हुनसक्थ्यो । अर्कोतर्फ प्रमुख बलर करण केसिले ३ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।
२. कमजोर मध्यक्रम
नेपालको ब्याटिङमा सधैं ओपनिङमाथि प्रश्न उठ्ने गर्दछ । हङकङसँग कुशल र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४.२ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि अन्य ब्याट्सम्यानले जिम्मेवारी इनिङ खेल्न सकेनन् । पारस खड्का सहित विकेटकिपर विनोद भण्डारी, पवन सरार्फ, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखको कुल २५ रन बनाए । एकै ब्याट्सम्यानले बनाउनु पर्ने रन प्रमुख ५ ब्याट्सम्यानले बनाएपछि त्यो जितको लागि प्राप्त हुँदैन र आशा पनि गर्न सकिदैन । मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेको भए नेपालले सहज जित हात पार्न सक्थ्यो ।
१. गैरजिम्मेवार ब्याटिङ
नेपालले हार्नुको मुख्य कारणनै ब्याट्सम्यानको गैर जिम्मेवारी ब्याटिङ र खराब सट छनोट हो । ओपनर कुशल र ज्ञानेन्द्रले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए । जुन लयलाई निरन्तरता अन्य ब्याट्सम्यानले दिएको भए जित सहज देखिएको थियो । स्कोरबोर्डमा रन जोड्न सहि सट छनोट र जिम्मेवारी इनिङ खेल्नुपर्छ । तर नेपालका सबै ब्याट्सम्यानले खराब सट प्रहार गर्नुका साथै जिम्मेवारी लिएर ब्याटिङ गर्न सकेनन् । पारस खड्का स्क्वायर लेगमा सट खेल्नेक्रममा ४ रनमा एलबिडब्लू आउट भए । मलेसियासँग ९ रनमा आउट भएका पारसले हङकङविरुद्ध पनि जिम्मेवारी ब्याटिङ गर्न सकेनन् ।
दीपेन्द्र सिंह ऐरी आफु कुन सट खेल्ने भन्नेमै प्रष्ट नहुँदा हाबा ब्याट चलाउँदै एज लागेर विकेटकिपर स्कर्ट स्टेपनबाट ५ रनमा क्याच हुन पुगे । पवन सरार्फ, विनोद भण्डारी र आरिफ शेखले ठूलो सटकै चक्करमा खराब सट खेल्दै क्रमश : १, ५ र १० रनमा क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । कुशल पनि ठूलो सटको धुनमा १९ रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्र स्टम्पिङ आउट भएका थिए । जसको कारण नेपाल पराजित हुन पुग्यो । आगमी खेलमा टोलीमा परिवर्तनको आवश्वकता देखिन्छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]