5 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनरहरुको उच्च प्रर्दशनमा दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुई दिवसिय यू१९ क्रिकेट प्रतियोगिता फाइनल रोमाञ्चक अवस्थामा छ ।
स्पिनर चम्किँदा काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटीस) र वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबीचको फाइनल रोमाञ्चक बनेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी फाइनलमा टस हारेर ब्याटिङ थालेको केसीटीसी २४.३ ओभरमा ८० रनमा समेटियो ।
उसका लखाह १४, बिवेक राना मगर १८, निर्भीक पाठक १३ र सुर्य तामाङले ११ रन बनाए । ग्रेट हिमालयका अरियो पौडेलले ३, मोहम्मद हुसेन, बिवेक यादव र सोनु देवकोटाले २-२ विकेट लिए । राशिद खानको नाममा १ विकेट रह्यो ।
ग्रेट हिमालय पहिलो इनिङमा २९.४ ओभरमा ६२ रनमा अल आउट भयो । आयुषमान बम १३ र सोनु देवकोटाले १४ रनको योगदान दिए । सुर्य तामाङले १४.४ ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चेर ७ विकेट लिए ।
तिलक भण्डारी ३ रनमा आउट भए । केसीटीसी दोस्रो इनिङमा ९६ रनमा समेटियो । विपिन आचार्य १७, सचिन लखाह १०, राहुल भण्डारी २७ र नर्भीक पाठकले १० रनको योगदान दिए ।
ग्रेट हिमालयका राशिद खानले ५ र अरियो पौडेलले ४ विकेट लिए । गे्रट हिमालय दोस्रो इनिङमा १५ ओभरमा ४५-४ को अवस्थामा छ । उसका आयुष बस्नेत २१ रनमा अविजित छन् ।
स्पिनर तिलक भण्डारीले ६ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । दोस्रो तथा अन्तिम दिन ग्रेट हिमालयलाई उपाधि जित्नको लागि ६९ बनाउनु पर्ने हुन्छ भने केसीटीसीलाई ६ विकेट आवश्यक पर्छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]