default_image

5 years ago

March 1, 2020

भारतको खराब ब्याटिङ

71 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टेष्ट खेलमा भारतले दोस्रो इनिङमा खराब ब्याटिङ गरेको छ । दोस्रो दिनको खेल सकिदा भारत ३६ ओभरमा ९०–६ को कमजोर अवस्थामा छ ।

भारतका हनुमा विहारी ५ र ऋषभ पन्त १ रनमा क्रिजमा छन् । दोस्रो ओभरको पाँचौ बलमै ट्रेन्ट बोल्टले ओपनर मयंक अग्रवाललाई ३ रनमा एलबिडब्लू आउट गरे ।

टिम साउथीले अर्का ओपनर पृथ्वी शालाई टम लेथमबाट १४ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । न्युजिल्यान्ड भ्रमणमा खराब प्रर्दशन गरि रहेका कप्तान विराट कोहली दोस्रो इनिङमा १४ रनमा कोनिल डी ग्रान्डहोमको एलबिडब्लू आउट सिकार बने ।

निल वाग्ररले अजिंक्या रहानेलाई ९ र बोल्टले उमेश यादवलाई १ रनमा बोल्ड आउट गरे । त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ७३.१ ओभरमा २ सय ३५ रनमा अल आउट भएको थियो ।

न्युजिल्यान्डका टम लेथमले १ सय २२ बलमा ५ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिए । टम ब्लन्डेल ३०, कप्तान केन विलियम्सन ३, रस टेलर १५, हेनरी निकोलस १४ र विकेटकिपर बिजे वाटलिङ्गले खाता खोल्न सकेनन् ।

डी गा्रन्डहोम २६ र टिम साउथी शुन्यमा आउट भएपछि न्युजिल्यान्ड १७७–८ को कमजोर अवस्थामा पुगेको थियो । तर नवौं विकेटका लागि निल वाग्रर र काईल जेमिसनले ५१ रनको साझेदारी गर्दै इनिङ बढाए ।

अन्तिम विकेटका रुपमा आउट हुनुअघि जेमिसनले ६३ बलमा ७ चौका सहित ४९ रन जोडे । वाग्ररले २१ रनको योगदान दिए । भारतका मोहम्मद सामीले ४, जस्प्रित बुमराह ३, रविन्द्र जडेजा २ र उमेश यादवले १ विकेट लिए ।

शनिबार क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटिएको थियो। ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोडे ।

टिम साउथीले कप्तान विराट कोहलीलाई ३ रनमा एलबिडब्लू आउट गरे । अजिंक्या रहाने ७ रनमा आउट हुन पुगे । पाँचौ विकेटका लागि हनुमा विहारी र चेतेश्वर पुजाराले ८१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

विहारीलाई निल वाग्ररले विकेटकिपर बिजे वाटलिङबाट ५५ रनमा क्याच आउट गराए । चेतेश्वर पुजारा ५४, ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट हुँदा जस्प्रित बुमराह १० रनमा नट आउट रहे ।

न्युजिल्यान्डका काइल जेमिसनले १४ ओभरमा ३ मेडन सहित ४५ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । दोस्रो दिन समग्रमा २ सय ६२ रन बन्दा कुल १६ विकेट पतन हुन पुग्यो ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.