5 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ ।
जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपालले सुरुवाती ५ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओपनर कुशल मल्ल १४ बलमा ३ चौका सहित १९ रनमा क्याच आउट भएका छन् । कुशल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।
कुशल हारुन अरशदको पाँचौ ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा निजाकत खानबाट क्याच आउट हुन पुगे । अर्का ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १६ बलमा २ चौका र १ छक्का सहित २२ रनमा खेलि रहेका छन् ।
ज्ञानेन्द्रलाई पारस खड्काले साथ दिने छन् । चौथो ओभरमा किन्चित शाहलाई ज्ञानेन्द्रले दोस्रो बलमा छक्का र तेसो बलमा चौका प्रहार गरे । त्यस्तै कुशल मल्लले पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरे ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]