5 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पिनर सुशन भारीले २ र सन्दीप लामिछानेले १ विकेट लिएसँगै नेपाल खेलमा कमब्याक गर्दैछ ।
टस हारेर ब्याटिङ थालेको हङकङले ११ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनाएको छ । आक्रामक ब्याटिङ गरेका निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा डिपकभरमा कुशल मल्लबाट क्याच आउट हुनुअघि निजाकत खानले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
नेपाललाई पहिलो सफलता पनि स्पिनर सुशन भारीलेनै दिलाए । सुशनको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका शाहिद वासिफ बाउन्ड्री लाइन नजिकै आरिफ शेखबाट २६ रनमा क्याच भए । वासिफले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिफले निजाकत खानसँग ४७ बलमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले किन्चित शाहलाई दीपेन्द्र सिंह ऐरीबाट शुन्यमा क्याच आउट गराए । क्रिजमा आरुन अरशद १४ र अजिज खान १ रनमा खेलिरहेका छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]