5 years ago
February 29, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेष्ट खेलमा भारतले कमजोर प्रर्दशन गरेको छ । शनिबार क्राइस्टचर्चमा बिहान टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटियो । ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोड्दै राम्रो सुरुवात दिलाए ।
तर काइल जेमिसनको बलमा टम लाथमले एक हातले उत्कृष्ट क्याच लिदै शालाई पेभिलिएन फर्काए । ओपनर मयंक अग्रवाललाई ट्रेन्ट बोल्टले छैटौं ओभरको चौथो बलमा ७ रनमा एलबिडब्लू आउट गरे । २५ औं ओभरको पहिलो बलमा टिम साउथीले कप्तान विराट कोहलीलाई ३ रनमा एलबिडब्लू आउट गरे ।
अजिंक्या रहाने ७ रनमा आउट हुन पुगे । पाँचौ विकेटका लागि हनुमा विहारी र चेतेश्वर पुजाराले ८१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । तर विहारीलाई निल वाग्ररले विकेटकिपर बिजे वाटलिङबाट ५५ रनमा क्याच आउट गराएपछि भारतले निरन्तर विकेट गुम्न पुग्यो । विहारीले ७० बलमा १० चौका प्रहार गरे ।
चेतेश्वर पुजारा १ सय ४० बलमा ६ चौका सहित ५४ रनमा आउट भए । ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट हुँदा जस्प्रित बुमराह १० रनमा नट आउट रहे । न्युजिल्यान्डका काइल जेमिसनले १४ ओभरमा ३ मेडन सहित ४५ रन खर्चेर ५ विकेट लिए ।
टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । पहिलो इनिङ थालेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तीमा २३ ओभरमा ६३ रन जोड्न कुनै विकेट गुमाएको छैन । ओपनर टम लाथम २७ र टम ब्लन्डेल २९ रनमा अविजित छन् । सग्रमा न्युजिल्यान्ड १ सय ७९ रनले पछि छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]