5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि चितवन टाइगर्सले सिंगापुरबाट खेल्दै आएका अष्ट्रेलियन नागरिक तथा युवा ब्याट्सम्यान टिम डेविडलाई टोलीमा भित्र्याएको छ ।
त्यस्तै चितवनले इंग्लयान्डका अलराउन्डर जेम्स फुलरलाई पनि टोलीमा अनुबन्ध गरेको छ । योसँगै चितवनबाट इपिएल खेल्ने चारै विदेशी खेलाडीको टुङ्गो लागेको छ । चितवनले यस अघिनै टोलीमा अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद र आयरल्यान्डका पल स्टर्लिङलाई टोलीमा अनुबन्ध गरि सकेको छ ।
टिम डेविडले १२ टि ट्वान्टी आईमा ४ सय ८ रन बनाएका छन् । जसमा ३६ चौका र १७ छक्का सामेल छ । डेविडले गत जुलाईमा घरेलु मैदानमा भएको आईसीसी टि२० एसिया रिजन छनोटमा नेपाललाई ८२ रनले पराजित गर्न ४३ बलमा ८ चौका र ३ छक्का सहित ७७ रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । जुन उनको टि ट्वान्टी आईको उच्च प्रर्दशन समेत हो ।
त्यस्तै डेविडले ५ लिष्ट ए र २४ टि ट्वान्टी एस खेलेका छन् । अष्टेलियाको टोलीमा नपरेपछि उनी गत वर्ष सिंगापुरबाट खेल्ने निर्णय लिएका थिए । उनले उमेर समुहमा अष्ट्रेलियाबाट नै खेलेका थिए । उनी बिग ब्यास लिग पर्थ स्कोचर्सबाट खेल्ने गर्दछन् । डेविड आक्रामक ब्याटिङका लागि परिचित छन् ।
जेम्शले इंग्ल्यान्ड लायन्स, न्युजिल्यान्ड यू१९ लगातका विभिन्न टोलीबाट खेलेका छन् । ५३ प्रथम श्रेणीमा उनले १२ सय ३९ रन बनाउनुको साथै १ सय ५० विकेट लिएका छन् । तीब्र गतिका बलर जेम्शले ८९ टि२० खेलमा ६ सय ३९ रन बनाउनुको साथै ९६ विकेट लिएका छन् । जसमा ६–२८ उत्कृष्ट प्रर्दशन छ ।
चितवनमा सोमपाल कामी, सन्दीप सुनार, साहब आलम, दीलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खड्क बोहरा स्वदेशी खेलाडीको रुपमा छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]