5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा मलेसियासँग अप्रत्याशित हार बेहोरेको छ । नेपाल शनिबार मलेसियासँग २२ रनले पराजित हुन पुगेको छ ।
जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । नेपाललाई जितको लागि अन्तिम ओभरमा २३ रन चाहिएको थियो ।
तर नेपालले शर्विन मुनियन्डेले कुनै रन नदिई ३ विकेट लिएपछि नेपाल पराजित हुन पुग्यो । ओपनर कुशल मल्ललाई पहिलो ओभरको दोस्रो बलमै पवनदीप सिंहले अहमद फैजबाट शुन्यमा क्याच आउट गराए ।
सयाजरुल इदूसले चौथो ओभरको पहिलो बलमा पारस खड्कालाई अहमद फैजबाट ९ रनमा क्याच गराएपछि नेपाल दबाबमा परेको थियो । खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले ५९ बलमा ६७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
ज्ञानेन्द्रलाई पवनदीप सिंहले १३ औं ओभरको पाँचौ बलमा अहमद फैजबाट ३८ रनमा क्याच आउट गराए । ज्ञानेन्द्रले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १६ औं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई शर्विन मुनिन्डेले विरनदीप सिंहबाट ३८ रनमा क्याच गराए । दीपेन्द्रले ४० बलमा १ चौका प्रहार गरे ।
१७ औं ओभरको पाँचौ बलमा पवन सरार्फ १९ रनमा खाजिर हायतको एलबिडब्लू आउटको शिकार बनेपछि नेपाललाई कठिन बनेको थियो । पवनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
१८ औं ओभरको दोस्रो बलमा आरिफ शेख ५ रनमा आउट भएपछि नेपाललाई झनै कठिन बनेको थियो । शर्विनले ३.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । मलेसियाका पवनदीप सिंह, इजात इर्दुस र खिजार हायतले २- २ विकेट लिए ।
त्यसअघि थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । युवा ब्याट्सम्यान सैयद अजिज ३५ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे ।
त्यस्तै अमिनुदीन राम्ली १८ बलमा २ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । एक समय १३.५ ओभरमा ८९-५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।
लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे ।
लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए । लगातार दुई विकेट गुमाएको मलेसियालाई तेस्रो विकेटका लागि ओपनर मोहम्मद अनवार अरुदीन र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तर सन्दीपलेनै नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडे । अरुदीनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो विकेटका लागि अहमद फैज र सैद अजिजले ३४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।
१४ औं ओभरको दोस्रो बलमा अभिनाश बोहराले अहमद फैजलाई ३० रनमा बोल्ड आउट गरे । फैजले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाशले पाँचौ बलमा मोहम्मद आरिफलाई पनि १ रनमा बोल्ड आउट गरे सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । अभिनाश बोहराले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । पवन सरार्फले २ ओभरमा १७ रन खर्चिए । पारस खड्काले ३ ओभरमा २० रन खर्चिए । करण केसीले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग खेल्ने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]