5 years ago
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले सुरुवाती ४ ओभरमा २ विकेटको क्षतिमा २८ रन बनाएको छ । ओपनरको रुपमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको थियो । तर दोस्रो बलमै पवनदीप सिंहले कुशललाई अहमद फैजबाट शुन्यमा क्याच आउट गराए । पाँचौ बलमा ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
सयाजरुल इदूसले चौथो ओभरको पहिलो बलमा पारस खड्कालाई अहमद फैजबाट ९ रनमा क्याच गराउँदै नेपाललाई ठूलो झट्का दिएका छन् । पारसले १० बलमा १ चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा ३ चौका सहित १७ रनमा खेलि रहेका छन् । ज्ञानेन्द्रलाई दिपेन्द्र सिंह ऐरीले १ रनमा साथ दिएका छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]