5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सैयद अजिजको अर्ध शतकमा मलेसियाले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।
थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । सैयद अजिज ३५ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । त्यस्तै अमिनुदीन राम्ली १८ बलमा २ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । एक समय १३.५ ओभरमा ८९-५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।
लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे । लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए । लगातार दुई विकेट गुमाएको मलेसियालाई तेस्रो विकेटका लागि ओपनर मोहम्मद अनवार अरुदीन र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तर सन्दीपलेनै नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडे । अरुदीनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो विकेटका लागि अहमद फैज र सैद अजिजले ३४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । १४ औं ओभरको दोस्रो बलमा अभिनाश बोहराले अहमद फैजलाई ३० रनमा बोल्ड आउट गरे । फैजले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
अभिनाशले पाँचौ बलमा मोहम्मद आरिफलाई पनि १ रनमा बोल्ड आउट गरेपछि मलेसिया संकटमा परेको थियो । १७ औं ओभरमा सन्दीपले १ छक्का सहित १२ रन खर्चिदै आफ्नो स्पेलको कोटा सकाए । सन्दीपलाई दोस्रो बलमा अमिनुदीन रम्लीले छक्का प्रहार गरेका थिए । उत्कृष्ट सुरुवात गरेपनि तल्लोक्रममा रम्ली र अजिजको साझेदारी तोड्न नसक्दा नेपालले मध्यम लक्ष्य पाएको हो ।
सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । अभिनाश बोहराले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । पवन सरार्फले २ ओभरमा १७ रन खर्चिए । पारस खड्काले ३ ओभरमा २० रन खर्चिए । करण केसीले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]