5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेसँगै नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसिया विरुद्ध उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएको छ ।
थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ११ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन जोडेको छ । लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे । लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए ।
लगातार दुई विकेट गुमाएको मलेसियालाई तेस्रो विकेटका लागि ओपनर मोहम्मद अनवार अरुदीन र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर सन्दीपले नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै पेभिलिएन फर्काएका छन् । आक्रामक देखिएका अरुदीनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मलेसियाका अहमद फैज २० र सैद अजिज ७ रनमा खेलि रहेका छन् । सन्दीपले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिई सकेका छन् । सन्दीपले १८ मध्य १२ बल डट राख्दै दबाब कायम गरेका छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]