5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले टि ट्वान्टी क्रिकेटमा एक सय पुरा गरेका छन् । शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् ।
सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । टस जितेर ब्याटिङमा उत्रिएको मलेसिया २.२ ओभरमा १५-१ को स्थितिमा छ ।
योसँगै सन्दीप टि २० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सन्दीपले यस सफलता ७५ खेलमा पुरा गरेका हुन् । सन्दीपले यस ऐतिहासिक उपलब्धी अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरि हात पारेका हुन् ।
सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । अन्य खेलाडी धेरै पछि रहेका छन् । २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।
सन्दीपले हालसम्म टी ट्वान्टीमा लिएका विकेट :
इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट
वेस्ट इन्डिज बिरुद्ध विश्व–११ (१ खेल) ( १ ओभरमा १२ रन खर्चेका सन्दीपले विकेट लिन सकेनन् )
क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट
बिग ब्यास लिग २०१८÷१९ (८ खेल) – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८/१९ (६ खेल) – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट
आईपीएल २०१९ (६ खेल) – ८ विकेट
क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट
बिग ब्यास लिग (२०१९/२० (१३ खेल) – १५ विकेट
नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई (१९ मलेसियासँगको खेल जारी) – २९ विकेट
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]