5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा मलेसिया विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान मोहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा रहेका छन् । हङकङसँगको पाँच टि ट्वान्टी सिरिज क्लिनस्विप गरेको मलेसियाको मनोबल उच्च छ । मलेसिया त्यहि लयलाई निरन्तरता दिदै नेपालमाथि आश्चर्यजनक नतिजा निकाल्न चाहान्छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने नेपाल विगतको जस्तै मलेसियामाथि सहज जितको प्रयास गर्ने छ । पछिल्लो समय मलेसियाले नेपाललाई बलियो चुनौती दिदै आएको छ । मलेसियासँगको तीन टि ट्वान्टी आई खेलमा नेपालले सबैमा जित हात पारेको छ । पहिलो खेलमा आयोजक थाईल्यान्डलाई ४३ रनले पराजित गर्दै सिंगापुरले विजयी सुरुवात गरेको छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी र पवन सरार्फ ।
बेन्च : भुवन कार्की, किशोर महतो र सन्दीप जोरा ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]