default_image

5 years ago

February 29, 2020

नेपालले इस्टर्न रिजनको उपाधि जित्न सक्ने ३ आधार

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  थाइल्यान्डमा शनिबार सुरु हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधिको प्रमुख दाबेदार टोलीको रुपमा लिइएको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्यान्ड, हङकङ, मलेसिया र सिंगापुर छन् । लिग चरणपछि शीर्ष दुई टोली आगमी अगष्टमा मलेसियामा हुने एसीसी टि ट्वान्टी कप छनोटमा पुग्ने छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली पनि उपाधि जित्ने लक्ष्य सहित थाईल्यान्ड पुगेको छ । नेपालले इस्टर्न रिजनको उपाधि जित्न सक्ने प्रमुख तीन आधार यस प्रकार छन् ।

३. तुलानात्मक रुपमा कमजोर विपक्ष

तुलानात्मक रुपमा नेपाल भन्दा सिंगापुर, हङकङ, मलेसिया र थाइल्यान्ड कमजोर टोली हुन् । सिंगापुरसँग नेपालले गत जुलाईमा एसिया विश्वकप टि ट्वान्टी छनोटमा अप्रत्याशित ८२ रनको हार बेहोर्दै बाहिरिएको थियो । तर सेप्टेम्बरमा त्रिकोणात्मक सिरिजमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । जसक्रममा पारस खड्काले १ सय ६ रनको शतकीय अविजित इनिङ खेलेका थिए ।

पछिल्लो समय प्रमुख दुई ब्याट्सम्यान बाबर हायत र अंशुमन रथ टोलीमा नहुँदा हङकङको  प्रर्दशन कमज़ोर रहँदै आएको छ । मलेसियाले पाँच टि ट्वान्टी सिरिजमा हङकङमाथि क्लिनस्विप गरेको थियो । मलेसियामाथि भने नेपाल निरन्तर हाबी हुँदै आएको छ । आयोजक थाइल्यान्ड  कमजोर रहेको हुँदा जितसँगै कीर्तिमानको अवसर रहने छ । जसले गर्दा नेपालको मनोबल पनि उच्च छ ।

२. सन्तुलित ब्याटिङका साथै गहिराई

नेपालको ब्याटिङ लाइनअप सन्तुलित हुनुको साथै गहिराई पनि छ । ओपनिङमा पारसलाई कुशल मल्ल र ज्ञानेन्द्र मध्य एकले साथ दिने छन् । मध्यक्रममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा र पवन सरार्फ छन् । तल्लोक्रममा करण केसी, भुवन कार्की र किशोर महतोले पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

अर्कोतर्फ कुशल, सन्दीप जोरा, विनोद भण्डारी र करणले आक्रामक इनिङ गर्दै एकै ओभरमा खेललाई मोड्न सक्छन् । एक जना आउट हुँदा अर्कोले विजयी इनिङ खेल्न सक्ने क्षमता देखिन्छ । जसले नेपालले उपाधि जित्ने सक्ने बलियो सम्भावना छ ।

१.बलियो स्पिन अट्याक

नेपालको स्पिन बलिङ सधैं प्रमुख हतियारको रुपमा रहने गर्दछ । यस पटक पनि स्पिन बलिङ अट्याक हुनुको साथै विकल्प धेरै छ । सन्दीप लामिछाने, सुशन भारी र भुवन कार्की प्रमुख स्पिनर हुन् । कुशल , पवन , दीपेन्द्र र पारस  पार्ट टाइम स्पिनरका रुपमा रहने छन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा निरन्तर खेल्दै राम्रो प्रर्दशन गरि रहेका स्पिनर सन्दीप प्रमुख हतियार हुन् । आईसीसी विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपले पहिलो पावर प्लेमै नयाँ बलले बलिङ गर्ने सम्भावना छ । अर्कोतर्फ बायाँ हाते स्पिनर सुशन भारी पनि उत्कृष्ट लयमा छन् । सुशनले विश्वकप लिग २ मा ओडीआई डेब्यू गर्दै ४ खेलमा ११ विकेट लिएका थिए ।

सुशनको उत्कृष्ट लयले नेपालको उपाधि यात्रा अझ सहज बनाउन सक्छ । यता तीन वर्षपछि सिनियर टोलीमा पुनरागमन गरेका अर्का बायाँ हाते स्पिनर भुवन कार्कीले पनि फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

भुवन इस्टर्न रिजनमा उत्कृष्ट प्रर्दशन गर्दै टोलीमा नियमीत स्थान बनाउन चाहान्छन् । यी तीनलाई छाड्दा कुशलले पुरै ओभर बलिङ गर्ने सम्भावना छ । स्पिन अट्याक बलियो हुँदा नेपाललाई उपाधि जित्न सहज हुन सक्ने अनुमान गरिएको छ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.