5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले शनिबार मलेसियासँग खेल्दै एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा सुरुवात गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२:१५ पछि थाईल्यान्डको बैंककमा सुरु हुने छ । दुबै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा रहेका छन् । हङकङसँगको पाँच टि ट्वान्टी सिरिज क्लिनस्विप गरेको मलेसियाको मनोबल उच्च छ ।
मलेसिया त्यहि लयलाई निरन्तरता दिदै नेपालमाथि आश्चर्यजनक नतिजा निकाल्न चाहान्छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने नेपाल विगतको जस्तै मलेसियामाथि सहज जितको प्रयास गर्ने छ । पछिल्लो समय मलेसियाले नेपाललाई बलियो चुनौती दिदै आएको छ ।
ओपनिङ पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ललेनै गर्ने सम्भावना छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकासँग डेब्यू गर्दै विश्व कीर्तिमानी अर्ध शतक प्रहार गरेका युवा ब्याट्सम्यान कुशल मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना उच्च छ । दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीले मध्यक्रम समाल्ने छन् । नेपालले पवन सरार्फ र सन्दीप जोरा मध्य एकलाई मैदान उतार्ने छ । अलराउन्डरको रुपमा कुशल हुँदा पवन सम्भावना कम देखिन्छ ।
तीब्र गतिमा करण केसी र अभिनाश बोहराको जोडीलाई मैदान उतार्ने छ । स्पिनरमा सन्दीप लामिछाने र सुशन भारीको जोडी रहने सम्भावना छ । पारस खड्का, करण केसी र सन्दीप लामिछाने र कुशल मल्ललाई प्रमुख हतियारको रुपमा रहने छन् । सन्दीपले पावर प्लेमै नयाँ बलले बलिङ गर्न सक्छन् ।
स्पिनर भुवन कार्की र युवा तीब्र गतिका बलर किशोर महतोको आजको खेलमा बेन्चको सम्भावना देखिन्छ । समग्रमा नेपालले अलराउन्डर सहित ७ ब्याट्सम्यान र चार प्रमुख बलर मैदान उतार्न सक्छ ।
पारसले दुई टि ट्वान्टी सिरिज अन्तर्गत गत जुलाईमा पहिलो खेलमा मलेसियाविरुद्ध ८६ रनको अविजित इनिङ खेलेका थिए । जुलाइमानै सिंगापुरमा भएको आईसीसी टि२० एसिया इस्टर्न रिजन छनोटमा ज्ञानेन्द्रले मलेसिया विरुद्ध २० बलमा अर्ध शतक नेपालबाट सर्वाधिक छिटो ५० रन पुरा गर्ने कीर्तिमान कायम गरेका थिए । यी दुबै खेलाडीबाट त्यस्तै प्रर्दशनको आशा गरिएको छ ।
यता राम्रो लयमा देखिएको मलेसिया ओपनर विरनदीप सिंह नायक बन्न सक्छन् । निरन्तर राम्रो प्रर्दशन गर्दै आएका विरनदीपले नेपालसँगको पहिलो टि ट्वान्टी खेलमा ५७ रन जोडेका थिए । विरनदीपले हङकङसँगको सिरिजमा पनि राम्रो प्रर्दशन गर्दै आफ्नो लयलाई कायम राखेका छन् । मलेसियाका कप्तान अहमद फैज र सैद अजिज पनि उसका प्रमुख ब्याट्सम्यान हुन् । दुबै राम्रो लयमा रहेका छन् ।
हङकङसँगको पाँच टि ट्वान्टी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका स्पिनर खिजार हायत घातक बन्न सक्छन् । उनले हङकङसँग पहिलो खेलमा डेब्यू गर्दै २ ओभरमा ४ रन खर्चेर ५ विकेट लिदै सनसनी मच्चाएका थिए । स्पिनर फ्रिती साम, पवनदीप र तीब्र गतिका बलर स्याजारुल इद्रस पनि राम्रो लयमा देखिन्छन् ।
नेपाल र मलेसियाबीचको तीन टि२० आई नतिजा
आईसीसी टि २० विश्वकप एसिया रिजन छनोट २०१९ (सिंगापुर)
मलेसिया ८३–७ (९ ओभर)
नेपाल ८६–३ (८ ओभर)
नेपाल ७ विकेटले विजयी
दुई टि ट्वान्टी सिरिज २०१९ (मलेसिया)
पहिलो खेल :
मलेसिया १२८–९ (२० ओभर)
नेपाल १२९–३ (१८.३ ओभर)
नेपाल ७ विकेटले विजयी
दोस्रो खेल :
नेपाल १७३–६ (२० ओभर)
मलेसिया १६७–७ (२० ओभर)
नेपाल ६ रनले विजयी
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]