5 years ago
February 28, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेष्ट खेल्नु अघि पाहुना टोली भारतलाई झट्का लागेको छ ।
तीब्र गतिका बलर ईशान्त शर्मा खुट्टामा चोटका कारण टोलीबाट बाहिरिएका छन् । ईशान्तको स्थान तीब्र गतिका बलर उमेश यादवले लिएका छन् । भारत र न्युजिल्यान्डबीच दोस्रो टेष्ट शनिबार बिहान क्राइस्टचर्चमा सुरु हुँदै छ । भारत पहिलो टेष्टमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।
भारतलाई क्लिनस्वीपबाट बच्न दोस्रो टेष्ट जित्नै पर्ने दबाब छ । कप्तान विराट कोहलीको प्रर्दशन निर्णायक रहने अनुमान गरिएको छ । विराट पहिलो खेलमा २ र १९ रनमा आउट भएका थिए । यस अघि पाँच टि ट्वान्टी सिरिजमा भारतले क्लिनस्वीप गरेको थियो । तीन ओडीआई सिरिज न्युजिल्यान्डले क्लिनस्वीप गर्दै बदला लिएको थियो ।
दोस्रो टेष्टमा न्युजिल्यान्डका बायाँ हाते तीब्र गतिका बलर निल वाग्रर टोलीमा फर्किएका छन् । पहिलो टेष्टमा भारतलाई दुबै इनिङमा सस्तैमा अल आउट गर्न उत्कृष्ट प्रर्दशन गरेका तीब्र गतिका बलर टिम साउथी, ट्रेन्ट बोल्टसँगै वाग्ररको आगमनले न्युजिल्यान्डको बलिङ लाइनअप झनै बलियो बनेको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]