5 years ago
February 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले ओपनिङ गर्न सक्ने सम्भावना रहेको र त्यसै अनुसार तयार पनि पारेको बताएका छन् ।
‘समग्रमा तयारी राम्रै भयो । हामी मानसिक रुपमा बलियो र तयार छौं । नेपालको लक्ष्य उपाधि जित्ने हो । च्याम्पियन जस्तै खेल्ने छौं र च्याम्पियन बनेर फर्किने छौं’, टमाटाले भने । उपाधिको प्रमुख दावेदार तथा घरेलु टोली ओमान वेस्टर्न रिजनको समुह चरणबाटै बाहिरिएको छ । वेस्टर्न रिजनको नतिजाबाट नेपाल सचेत रहनु पर्ने देखिन्छ नि भन्ने प्रश्नमा टमाटाले भने, ‘क्रिकेटमा हार जित हुन्छ । विशेष त मानसिक रुपमा भरपर्छ । हामी सकरात्मक छौं । टि ट्वान्टीमा कसैलाई पनि कमजोर भन्न मिल्दैन, हामीले शत प्रतिशत दिने छौं ।’
टमाटाले राष्ट्रिय प्रशिक्षकमा ९ महिनापछि पुनरागमन गरेका छन् । भारतीय प्रमुख प्रशिक्षक उमेश पटवालले अकस्मात राजिनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । ‘सर्वप्रथम टोलीमा पुन मौका दिएकोमा क्यानलाई धन्यवाद । टिमले पनि सहयोग गरेको छ । फेरि एक पटक च्याम्पियन बनाएर ल्याउने लक्ष्य छ’, टमाटाले भने ।
टमाटाले टोली सन्तुलन रहेको बताउछन् । ‘सबै खेलाडी प्रर्दशन गरेरै आएका छन् । युवा जोश हुँदा फिल्डिङमा पनि फाइदा पुग्ने छ, ‘त्यसैमा टमाटाले थपे, ‘कुशलको ओपनिङको पनि सम्भावना छ । थाईल्याण्ड पुगेपछि त्यहाँको अवस्था हेरेर कुशलले ओपनिङ गर्ने नगर्ने टिम व्यवस्थापनले निर्णय लिनेछ । कुशललाई ओपनिङको लागि तयारी पारिरहेका छौं ।’
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]