5 years ago
February 27, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणमा सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले गर्ने भएका छन् ।
हैदरावादले विहीबार वार्नरले कप्तानी गर्ने सार्वजनिक गरेको छ । गतवर्ष हैदरावादको कप्तानी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले गरेका थिए । गत वर्ष दिल्ली क्यापिटल्सले एमिनेटर खेलमा हैदराबादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । बल टेम्पिरिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर २०१८ मा १ वर्षे प्रतिबन्ध परेपछि ११ औं संस्करणको आइपीएलमा हैदरावादले केन विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।
त्यसअघि हैदरावादको कप्तानी वार्नरलेनै सम्हालेका थिए । वार्नरकै कप्तानीमा सन् २०१६ मा हैदरावादले रोयल च्यालेन्जर बेंगलोरलाई ८ रनले पराजित गर्दै उपाधि जितेको थियो । गत वर्ष वार्नरले १२ खेलमा १ शतक र ८ अर्ध शतक सहित ६ सय ९२ रन बनाउँदै शीर्ष स्थामा रहेका थिए । जसमा ५७ चौका र २१ छक्का सामेल थियो ।
आगमी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुँदै छ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]