5 years ago
February 27, 2020
एजेन्सी – पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियताअन्तर्गत अलराउन्डरतर्फ सुधार गरेका छन् ।
विहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियता अन्तर्गत अलराउन्डरतर्फ पारस खड्काले एक स्थान सुधार गर्दै २६ औं स्थानमा उक्लिएका छन् । त्यस्तै करण केसी अलराउन्डरतर्फ ७४ र सोमपाल कामी ६६ औं स्थानमा यथावत छन् ।
बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले दुई स्थान खस्किदै ८६ औं स्थानमा पुगेका छन् । ब्याटिङतर्फ भने पारस एक स्थान खस्किदै ६३ औं स्थानमा पुगेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष, भारतीय लोकेश राहुल दोस्रो र अस्ट्रेलिया कप्तान आरोन फिन्च तेस्रो स्थानमा यथावत छन् । बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खानन शीर्ष स्थानमा यथावत छन् ।
अफगानिस्तानका मुजिव उर रहमान दोस्रो, अस्ट्रेलियाका स्पिनर एडम जम्पा तेस्रो स्थानमा छन् । त्यस्तै स्पिनर एस्टन एगर चौथो स्थानमा उक्लिएका छन् । पाँचौ स्थानमा दक्षिण अफ्रिका स्पिनर तरबेज शम्सी रहेका छन् ।
अलराउन्डरतर्फ अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी शीर्ष स्थानमा छन् । जिम्बावेका सेन विलियम्स दोस्रो स्थानमा उक्लिदा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा पुगेका छन् । अलराउन्डरतर्फ यूएईका रोहन मुस्तफा पाँचौ र ओमानका खावर अली छैटौं स्थानमा छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]