5 years ago
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ ।
उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्ने छन् । इपिएल चैत्र १ देखी १५ सम्म टीयू क्रिकेट मैदानमा हुने छ । लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुने छ । विजेता टोली स्वतः फाइनलमा स्थान बनाउदा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छ ।
पहिलो क्वालिफायर चैत्र ११ मा हुने छ । चैत्र १२ मा एलिमिनेटर र चैत्र १३ मा दोस्रो क्वालिफायर हुने छ । फाइनल चैत्र १५ मा हुने छ । खेल विहान १० र दिउँसो २ बजेपछि सुरुहुने छ ।
इपिएलको खेल तालिका
चैत्र १ : ललितपुर विरुद्ध पोखरा
चैत्र २ : विराटनगर वारियर्स विरुद्ध चितवन टाइगर्स
भैरहवा ग्ल्याडियटर्स विरुद्ध काठमाडौं किंग्स ११
चैत्र ३ : ललितपुर विरुद्ध चितवन
पोखराविरुद्ध काठमाडौं
चैत्र ४ : भैरहवा विरुद्ध पोखरा
विराटनगर विरुद्ध ललितपुर
चैत्र ५ : चितवन विरुद्ध काठमाडौं
भैरहवा विरुद्ध विराटनगर
चैत्र ६ : विश्राम दिन
चैत्र ७ : विराटनगर विरुद्ध पोखरा
ललितपुर विरुद्ध भैरहवा
चैत्र ८ : काठमाडौं विरुद्ध विराटनगर
चितवन विरुद्ध भैरहवा
चैत्र ९ : चितवन विरुद्ध पोखरा
चैत्र १० : काठमाडौं विरुद्ध ललितपुर
चैत्र ११ : पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच क्वालिफायर
चैत्र १२ : तेस्रो र चौथो स्थानको टोलीबीच एलिमिनेटर
चैत्र १३ : दोस्रो क्वालिफायर (एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित हुने
टोली )
चैत्र १४ : विश्राम दिन
चैत्र १५ : फाइनल
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]