default_image

5 years ago

February 27, 2020

इपिएल : सबै टोलीको ट्यालेन्ट हन्टबारे जानकारी

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को तयारी तीव्र रुपमा अघि बढिरहेको छ । यसपटक इपिएलमा विश्व चर्चित स्टार विदेशी खेलाडीहरु खेल्दैछन् ।

पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध भएका छन् । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको छ ।

काठमाडौं किंस ११ ले केभीन ओ ब्रायनको नाम सार्वजनिक गर्दा विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ खेल्ने पक्का भएको छ । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

त्यस्तै सबै टोली ट्यालेन्ट हन्टको तयारीमा लागि रहेका छन् । टोली सन्तुलन गर्ने अन्तिम विकल्प पनि ट्यालेन्ट हन्टनै हो । चितवन टाइगर्सले भने ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरि सकेको छ । ट्यालेन्ट हन्टबाट सबै टोलीले आफुलाई आवश्यक खेलाडीलाई बढि प्राथमिकता दिने छन् । इपिएलको नियम अनुसार एक जना खेलाडी छनोट गर्नुपर्छ । तर टोलीको आवश्यकता रहेको खण्डमा एक भन्दा बढी खेलाडी पनि छनोट गर्न सक्छन् ।

युवा खेलाडीले आफुलाई नजिक पर्ने जुनसुकै टोलीबाट छनोटमा दावेदारी दिन सक्नेछन् । चैत्र १ देखी १५ गते सम्म टीयू क्रिकेट मैदानमा हुने इपिएल अघि कुन टोलीको टोलीको ट्यालेन्ट हन्टको तयारी कस्तो छ ? छोटकरीमा जानकारी ।

काठमाडौं किंस ११

काठमाडौंले मनमैजुमा रहेको एन्जल्स स्पोर्ट्स एकेडेमीमा फागुन १७ गते ट्यालेन्ट हन्ट गर्दैछ । काठमाडौंका टिम व्यवस्थापक विजयकुमार धितालको अनुसार खेलाडीको छनोट पूर्वकप्तान तथा यू१९ का प्रशिक्षक विनोद दास सहितको टोलीले गर्नेछ । गत वर्ष काठमाडौंले ट्यालेन्ट हन्टबाट चन्द्रकान्त पौडेल र सन्दीप रजालीलाई टोलीमा अनुबन्ध गरेको थियो । दुबै खेलाडीले डेब्यू गरेका थिए । काठमाडौंले ट्यालेन्ट हन्टको लागि आवेदन फर्म खुल्ला गरि सकेको छ । धितालका अनुसार ट्यालेन्ट हन्टबाट एक भन्दा बढी खेलाडी छनोट गर्न सक्ने सम्भावना छ ।

ललितपुर प्याट्रीयटस:

ज्ञानेन्द्र मल्ल कप्तान रहेको साविक विजेता ललितपुरले पनि ट्यान्ट हन्टको लागि आवेदन खुल्ला गरिसकेको छ । ललितपुरले फागुन २३ मा इमाडोलमा रहेको बलपार्क इन्डोर एकेडेमीमा ट्यालेन्ट हन्ट गर्ने जनाएको छ । जसको खेलाडी छनोट प्रशिक्षक राजु बस्नेतले गर्ने छन् । गत वर्ष ललितपुरले ट्यालेन्ट हन्टबाट तीब्र गतिका बलर कमल खत्रीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

पोखरा राइनोज :

क्रिस गेललाई टोलीमा अनुबन्ध गरेको उपाधिको दाबेदार पोखरा राइजोजले ट्यालेन्ट हन्टको मिती अझै तय गरेको छैन । गत वर्ष देव शाहलाई पोखराले टोलीमा अनुबन्ध गरेको थियो । प्रशिक्षक दीपेन्द्र चौधरीसँगै रिजन प्रजु, राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री र अप्सरी बेगमको टिमले खेलाडी छनोट गर्ने पोखराले जनाएको छ । पोखरा रंगशालामा चाडै नै ट्यालेन्ट हन्ट गर्ने तयारी गरि रहेको बताएको छ ।

चितवन टाइगर्स :

चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गरिसकेको छ । अघिल्लो महिना सम्पन्न चितवन प्रिमियर लिगको प्रर्दशनको आधार मान्दै तीन खेलाडी छनोट गरेको हो । चितवन प्रिमियर लिगमा कृजन गुरुङ, आकश थापा र राजेश ढकाललाई टोलीमा समेटेको छ ।

भैरहवा ग्ल्याडियटर्स :

शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्ल्याडियटर्सले फागुन २२ मा भैरहवामा ट्यालेन्ट हन्ट गर्दैछ । जसको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके आइतबार नेपाल आउँदै छन् ।

विराटनगर वारियर्स :

पारस खड्का कप्तान रहेको विराटनगरले ट्यालेन्ट हन्टको मिती अझै पक्का नभएको जनाएको छ । फागुन २२,२३ मा गर्ने तयारी गरिरहेको विराटनगरले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । विराटनगरको खेलाडी छनोट प्रशिक्षक मनोज कटुवालले गर्ने छन् ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.