5 years ago
February 27, 2020
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ ।
बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका रस्सी भान डर दुसेनले २४, हेनरिक क्वालासेन २२ र डेविड मिलर १५ रनमा आउट भए ।
दक्षिण अफ्रिका ७ खेलाडीले दोहोरो अंकका रन जोड्न सकेनन् । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले २.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्पिनर एस्टन एगरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । एडम जम्पा २, प्याट कमिन्स र मिचेल मार्शको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ३७ बलमा ५ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । त्यस्तै कप्तान आरोन फिन्चले ३७ बलमा ६ चौका र १ चौका सहित ५५ रन जोडे ।
पहिलो विकेटका लागि वार्नर र फिन्चले ११.३ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्टिभ स्मिथ १५ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । म्याथ्यु वेड १० र मिचेल मार्श १९ रनमा आउट हुन पुगे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले १–१ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच थप तीन ओडीआई सिरिज पनि हुने छ । पहिलो खेल शनिबार बोलान्ड पार्कमा हुने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]