5 years ago
February 27, 2020
एजेन्सी – युवा ब्याट्सम्यान कुशल मेन्डिस र अविष्का फर्नान्डोको उत्कृष्ट शतकमा वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा घरेलु टोली श्रीलंका १ सय ६१ रनको विशाल अन्तरले विजयी भएको छ ।
बुधबार राती ३ सय ४६ रनको विशाल लक्ष्य पक्ष्याएको वेस्ट इन्डिज ३९.१ ओभरमा १ सय ८४ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । वेस्ट इन्डिजका ओपनर शाई होपले ६५ बलमा ५ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । सुनिल एम्ब्रिस १७, डरेन ब्राभो १६, निकोलस पुरन ३१, रोस्टन चेश २० र किमो पल २१ रनमा आउट भए । श्रीलंका वानिन्दु हसरंगा र लक्सान सन्दकनले समान ३ विकेट लिए । नुवान प्रदीप २ र एज्जिलो म्याथुजको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४५ रन बनाएको थियो । ओपनर अविष्का फर्नान्डोले १ सय २३ बलमा १० चौका सहित १ सय २७ रनको शतकीय इनिङ खेले । त्यस्तै कुशल मेन्डिसले १ सय १९ बलमा १२ चौका सहित १ सय १९ रनमा क्याच आउट भए । खराब सुरुवात गरेको श्रीलंकालाई कुशल र अविष्काले तेस्रो विकेटका लागि २ सय ३९ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । थिसारा परेरा ३६ रनमा आउट भए ।
वेस्ट इन्डिजका शेल्डन कटरेलले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै अल्जारी जोशेफको नाममा ३ विकेट रह्यो । योसँगै तीन ओडीआई सिरिज घरेलु टोली श्रीलंकाले एक खेल अगावै २-० ले सिरिज जितेको छ । तेस्रो तथा अन्तिम ओडीआई खेल आइतबार हुने छ । श्रीलंका र वेस्ट इन्डिजबीच दुई टि ट्वान्टी खेल पनि हुने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]